Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
५:२३:२२ बिहान
- ADVERTISEMENT -

४६ हजार स्वदेश फिर्ता

प्रकाशित मिति: २०७७ साउन २६, सोमबार

648
Shares

काठमाडौँ, सोमबार, २६ साउन २०७७ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विदेशमा समस्यामा परेका ४६ हजारभन्दा बढी नेपाली नागरिक शनिबारसम्म स्वदेश फर्किसकेका छन् ।

सरकारले गत जेठ ३२ गतेबाट विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती सुरु गरेपछि चार्टर उडान र रोजगारदाता मुलुकले व्यवस्था गरेका उडानमार्फत ५८ देशबाट ४६ हजार ३१२ नेपाली स्वदेश फर्किएका हुन् ।

सरकारले रोजगारी गुमाएका, गन्तव्य देशमा करार अवधि सकिएर अलपत्र परेका, गर्भवती र सुत्केरी महिला, विदेश भम्रण वा आफन्त भेटघाट गर्न गएका उतै रोकिएका लगायतका सिलसिलामा विदेशमा समस्यामा परेकालाई प्राथमिकतामा राखेर स्वदेश फिर्ती ल्याउने काम गरिरहेको छ । यसरी फर्किनेमा अधिकांश खाडी, मलेसियामा रोजगारीका सिलसिलामा समस्यामा परेका श्रमिक रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाइएको छ ।

आइतबार पनि विभिन्न देशबाट छवटा चार्टर उडानमार्फत एक हजार नेपाली नागरिक स्वदेश फर्किने जनाइएको छ । कोरोनाको कारण रोजगारी गुमाएका, समस्यामा परेका, बिरामी, गर्भवती, ज्येष्ठ नागरिक, भिसा सकिएका लगायतका प्राथमिकता छुट्टाएर नेपालीलाई स्वदेश ल्याउने काम भइरहेको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार विभिन्न देशमा मृत्यु भएका २४६ जना नेपालीको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । बोर्डले १७२ को मृत्यु भएको देशमै अत्येष्टिका लागि परिवारबाट सहमति प्राप्त उतै अन्त्येष्टि गरिएको जनाइएको छ । अब ७६ शव नेपाल ल्याउन बाँकी छ । यस्तै एनआरएनका अनुसार शनिबारसम्म कोरोनाका कारण विदेशमा १९१ जना नेपालीको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -