Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५१:२१ बिहान
- ADVERTISEMENT -

भदौ १५ देखि मात्रै हवाई उडान र लामो दुरीका यातायात सञ्चालनमा आउने

प्रकाशित मिति: २०७७ साउन २६, सोमबार

694
Shares

काठमाडौँ, सोमबार, २६ साउन २०७७ । हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालनमा आउने भएका छन् ।

आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले भदौ १५ देखि मात्रै अन्तर जिल्ला यातायात, बाह्य तथा आन्तरिक हवाई उडान खोल्न मन्त्रिपरिषदलाई प्रस्ताव गरेको हो ।

यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि नै सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, सिसिएमसीको बैठकले कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै १५ दिनका लागि स्थगित गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, सीसीएमसीको बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न सिफारिस गरेको छ । भारतबाट आउने नेपालीहरुका लागि तोकिएको २० वटा प्रवेश बिन्दुमध्ये १० वटामात्र खुल्ला गरिनेछ ।

अन्यत्रबाट आउनेहरुलाई भने पूर्ण रुपमा निशेष गरिनेछ । यो प्रस्तावलाई मन्त्रिपरिषद बैठकले पास गरेपछि मात्रै कार्यान्वयन हुनेछ । मन्त्रिपरिषदको बैठक भोलि बस्दैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -