टोकियो, शुक्रबार, २३ साउन २०७७ । जापानको टोकियोमा आज थप ४ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै टोकियोमा मात्रै कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १५१०७ पुगेको छ ।
टोकियोमा अहिलेसम्म ११ हजार ७ जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३ सय ३३ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जापानभरमा २८ हजार ८ सय ७७ जना सफल उपचारपश्चात कोरोनामुक्त भैसकेका छन् ।
जापानभरमा अहिलेसम्म कोरोना भाइरसको कारणले १ हजार ३५ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहितको यो संख्या १ हजार ४८ जना पुगेको छ ।








































