काठमाडौं, शुक्रबार, १६ साउन २०७७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्नेगरी भनौँ : अब त अति भो !” भनेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन् :
प्रधानमन्त्रीज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त ! भुसको आगोझैँ संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ न अस्पताल केन्द्रित तयारी गर्छ । बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्नेगरी भनौँ– अब त अति भो !”









































