Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५०:२२ बिहान
- ADVERTISEMENT -

३५ हजार नेपालीको उद्धार, सबैभन्दा बढी यूएईबाट उद्धार

प्रकाशित मिति: २०७७ साउन १३, मंगलबार

603
Shares

काठमाडौँ, मंगलबार, १३ साउन २०७७ । भारतबाहेक अन्य मुलुकमा आपत्मा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याङ्कअनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ । त्यसैगरी, विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।

सबैभन्दा बढी यूएईबाट

विभिन्न एयरलाइन्सका उडानमार्फत संयुक्त अरब एमिरेट्स यूएईबाट सात हजार ७८५ जनाको उद्धार भएको छ । कुवेतमा आम माफी पाएका र अन्य अलपत्र परेकासहित पाँच हजार ५४९ जनाको उद्धार गरिएको छ ।

यस्तै साउदी अरबबाट पाँच हजार ६११, मलेसियाबाट पाँच हजार ३३३ जना र कतारबाट तीन हजार ९४१ जनाको उद्धार गरिएको हो । यस्तै अफगानिस्तान ३३, अस्ट्रेलिया ६३४, म्यानमारबाट २६, जापान ७५६, थाइल्यान्ड ३२६, दक्षिण कोरिया ४७६, बङ्गलादेश ८४१, माल्दिभ्स ७०९, श्रीलङ्का पाँच, सिङ्गापुर १४६, हङ्कङबाट ८९ र पाकिस्तानबाट ७२ जनालाई ल्याइएको छ ।

त्यसैगरी बहराइनबाट ९८०, ओमानबाट ४९२, अमेरिका ४२३, बेलायत २२९, इजरायल १२७, चीनबाट १०५ जना, टर्कीबाट ३४ जना र फिलिपिन्सबाट २०१ जना र इन्डोनेसियाबाट २० जनालाई स्वदेश फर्काइएको समितिले जनाएको छ ।

फर्केकामध्ये सबैभन्दा बढी बाग्मती प्रदेशका बासिन्दा रहेका छन् । जसअनुसार बाग्मती प्रदेशका नौ हजार ६२६ जना, प्रदेश १ का सात हजार २७५ जना, प्रदेश २ का पाँच हजार ८९९ जना, गण्डकी प्रदेशका चार हजार ४४८ जना, प्रदेश ५ का पाँच हजार ८६९ जना, कर्णाली प्रदेशका ८१० जना र सुदूरपश्चिम प्रदेशका ८९६ जना रहेका छन् ।

फर्केका मध्ये २६ हजार २८९ जना आफ्नो प्रदेश पुगेर नजिकको क्वारेन्टाइनमा बसी घर फर्केका छन् । अझै पनि होटेल क्वारेन्टाइनमा एक हजार १५५ जना, होम क्वारेन्टाइनमा तीन हजार ७५५ जना र स्थानीय क्वारेन्टाइनमा तीन हजार ६५७ जना नेपालीले स्वास्थ्य लाभ गरिरहेको समितिले जनाएको छ ।

यसै अवधिमा २२१ जनाभन्दा बढीको शव नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । शव ल्याएका मध्ये सबैभन्दा बढी मलेसियाबाट ७२ जनाको रहेको छ । साउदी अरेबियाबाट ७०, कतारबाट ४८, कम्बोडियाबाट ३३, यूएईबाट १३, कुवेतबाट आठ, बहराइनबाट सात, ओमान, माल्दिभ्स र हङ्कङबाट एक–एक जनाको शव ल्याइएको छ । विदेशबाट अझै ९४ जनाको शव ल्याउन बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -