Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४९:२३ बिहान
- ADVERTISEMENT -

भारतबाट अवैधरुपमा नेपाल छिरेका पाँचसहित पर्साका ३२ जनामा कोरोना संक्रमण

प्रकाशित मिति: २०७७ साउन ९, शुक्रबार

648
Shares

पर्सा, शुक्रबार, ९ साउन २०७७ । भारतबाट अवैधरुपमा नेपाल भित्रिरहेको अवस्थामा गत शुक्रबार पक्राउ परी थुनामा रहेका पाँच जना भारतीय नागरिकसहित ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा पाँच जना भारतीयसहित ३२ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको अस्पतालले जनाएको छ ।

बिहीबार राति अबेर आएको पीसीआर परीक्षणको रिपोर्ट अनुसार वडा प्रहरी कार्यालय, श्रीपुरको थुनुवाकक्षमा रहेका पाँच जना भारतीय नागरिकसहित ३२ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको कोभिड अस्पतालका कोर्डिनेटर डा. उदय नारायण सिंहले बताउनुभयो ।

नयाँ भेटिएका सङ्क्रमितहरूमा पाँच जना थुनुवा कक्षमा रहेका भारतीय नागरिक, छिपहरमाई गाउँपालिका– ३ बस्ने २३ वर्षीय पुरुष, बहुदरामाई नगरपालिका– ५, भौराटार बस्ने ३३ वर्षीय पुरुष, पकाहा मैनपुर गाउँपालिका– ३, सवैठवाका ५० र २७ वर्षीय पुरुषबाहेक अन्य २३ जना वीरगञ्ज निवासी रहेको कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । नयाँ फेला परेका सङ्क्रमितहरूमा नौ महिने शिशुदेखि ६० वर्षीय महिलासम्म रहेको बताइएकोछ । जसमध्ये सात महिला, २५ जना पुरुष रहेको उहाँले बताउनुभयो ।

नयाँ फेला परेका सबै ३२ जना सङ्क्रमितलाई नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको डा. सिंहले बताउनुभयो ।

पाँच जना थुनुवामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि वडा प्रहरी कार्यालय, श्रीपुर वीरगञ्जलाई सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताउनुभयो । भारतबाट गत शुक्रबार अवैधरुपमा नेपाल भित्रिरहेको अवस्थामा पक्राउ परी थुनामा रहेका पाँच जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय, पर्साका निरीक्षक जयमोद ठाकुरले दैनिकरुपका कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको र कुनै पनि ट्राभल हिस्ट्री नभएकामा पनि कोरोना पुष्टि भएकाले कोरोना समुदायमा फैलिसकेको दाबी गर्नुभयो । कन्ट्याक्ट ट्रेसिङ, सङ्क्रमित ओसारपसार, नमुना सङ्कलनलगायत काममा पर्साका विभिन्न सरोकारवाला निकायसँग राम्रो सहकार्य हुन नसकेकाले परीक्षण र बिरामीलाई अस्पतालसम्म लैजाने कार्यमा ढिलाइ भइरहेको ठाकुरले बताउनुभयो ।

गण्डक अस्थायी कोभिड अस्पतालमा रहेका सङ्क्रमितमध्ये २४ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको र पाँच जना आइसीयूमा उपचाररत रहेको कोभिड अस्पतालका कोअर्डिनेटर डा. सिंहले जानकारी दिनुभयो । हाल गण्डक अस्थायी कोभिड अस्पतालमा ४५ जना सङ्क्रमित उपचाररत रहेकोमा अब यो सङ्ख्या बढेर ७७ हुने भएको छ । यसअघि पनि पर्सामा १७ जनामा कोरोना सङ्क्रमण फेला परेको थियो । जसमध्ये एक जनाको मृत्युपछि कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -