Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४३:३५ बिहान
- ADVERTISEMENT -

भदाै १ देखि त्रिभुवन विमानस्थलले दैनिक १५ अन्तर्राष्ट्रिय उडान गर्ने तयारी

प्रकाशित मिति: २०७७ साउन ७, बुधबार

656
Shares

काठमाडौँ, बुधबार, ७ साउन २०७७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ ।

विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताउनुभयो । उहाँले विमानस्थलमा डिपार्चर र एराइभलका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सीमित उडान गरिने बताउनुभयो ।

सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ भदौ १ गते देखि आन्तरिक र बाह्य उडान सुरु गर्ने निर्णय गरेको छ । तर, विमानस्थलले भदौ १ पछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन । तर, पनि सङ्क्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताउनुभयो । त्यस्तै आन्तरिक उडानतर्फ दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सम्भव हुने उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रिय यात्रुका लागि विमान उडान हुने समयभन्दा कम्तीमा चार घण्टाअघि विमानस्थल प्रस्थान हुनुपर्ने व्यवस्था गरिने उहाँले बताउनुभयो । समान्य अवस्थामा आफ्नो उडान समयभन्दा तीन घण्टाअघि विमानस्थल पुग्नुपर्ने व्यवस्था रहेको थियो ।

विमानस्थल प्रमुख केसीले स्वास्थ्य सुरक्षाकाे मापदण्ड अपनाउनकाे लागि साधन स्रोत बढाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार विमानस्थलसँग जनशक्ति पर्याप्त भएको तर सङ्क्रमणको जोखिम कम गर्नका लागि साधन स्रोत थप्नुपर्ने र त्यसका लागि विमानस्थलले काम गरिरहेकाे छ । देशभित्र रहेका अन्य आन्तरिक विमानस्थलहरु पनि उडानका लागि तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । उहाँले देशभित्रका सबै विमानस्थलमा न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गरिने स्पस्ट पार्नुभयो ।

कोरोना सङ्क्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशील ठाउँ भएकाले स्वास्थ्य सुरक्षाका प्राेटाेकललाई पूर्णरुपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको उहाँले बताउनुभयो । यस्तै यात्रुहरुलाई विमानस्थलमा आउँदा सतर्क रहनसमेत केसीले आग्रह गर्नुभयो ।

विमानस्थलमा कुनै पनि व्यक्तिलाई समस्या भए त्यसको व्यवस्थापन गर्न विमानस्थल सक्षम रहेको पनि उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -