Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३८:२८ बिहान
- ADVERTISEMENT -

कोरोनाले सञ्‍चार क्षेत्रमा पारेको असरबारे छलफल

प्रकाशित मिति: २०७७ साउन ५, सोमबार

749
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना भाइरसले नेपाली सञ्चार क्षेत्रमा पारेको असरबारे नेपाली कांग्रेसको ‘कोरोना अनुगमन समिति’ सँग छलफल गरेको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना भाइरसका कारण दुई हजारभन्दा पत्रकारले रोजगारी गुमाउनुपरेको र सात सयभन्दा बढी सञ्चारमाध्यम बन्द भएको बताए । उनले कोरोना महामारीको कारण देखाउँदै नाफामा रहेका सञ्चार गृहले समेत पत्रकारलाई रोजगारबाट वञ्चित गर्ने, श्रम शोषण गरेको भन्दै त्यसविरुद्ध महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिए ।

कांग्रेसका सह–महामन्त्री तथा ‘कोरोना अनुगमन समिति’ का संयोजक प्रकाश शरण महतले पत्रकारलाई पेसाबाट बञ्चित गरिएकोप्रति गम्भीर आपत्ति रहेको बताए । उनले पत्रकार जनताको पीर–मर्का उजागर गर्न तथा सरकारको अनियमितता सार्वजनिक गर्ने कार्यमा सदैव लागिरहेको हुँदा पत्रकारको समस्या समग्र देशको समस्या रहेको बताए ।

उनले पत्रकारको पेसागत सुनिश्चितताका लागि सरकार र सम्बन्धित सञ्चार गृहले गम्भीरतापूर्वक लिनपर्नेमा जोड दिए । महतले पत्रकार महासंघको साथमा कांग्रेस सधैं रहेको र रहिरहने विश्वास दिलाउँदै अहिलेको अवस्थामा महासंघले गरिरहेको कामको प्रशंसा गरे ।

महासंघका पूर्वसभापति हरिहर विरहीले लोकतन्त्रमा जननिर्वाचित सरकारको नेतृत्वबाटै पत्रकारलाई निरुत्साहित गर्ने काम भएको भन्दै दुःख व्यक्त गरे । उनले विस्थापित पत्रकार तथा सञ्चार गृहलाई संरक्षण गर्ने सरकारको कुनै चासो नदेखिएको बताए ।

समितिकै सदस्य कांग्रेसका केन्द्रीय सदस्य नेता एनपी साउदले अहिलेको परिस्थितिमा सबै बाँच्ने र सबैलाई बचाउने शैलीबाट काम गर्नुपर्नेमा जोड दिँदै कांग्रेस सधैं पत्रकारहरूको पक्षमा रहेको बताए । उनले कोरोना प्रभावित क्षेत्र तथा समुदायसँग साथ र सहयोगका लागि पार्टीले अनुगमन समिति स्थापाना गरेको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य एवं ‘कोरोना अनुगमन समिति’ का सदस्य चन्द्र भण्डारीले कोरोना विपतको यस घडीमा पत्रकारलाई संरक्षण गर्नुपर्नेमा रोजगारीबाटै निष्कासन गर्नु अत्यन्तै अमानवीय घटना भएको बताए । उनले सञ्चारजगतले प्रतिपक्षकोभन्दा ठूलो भूमिका निर्वाह गरेको भन्दै सञ्चार क्षेत्रमा संकट आउनुले प्रजातन्त्रमै खतरा भएको बताए ।

महासंघका महासचिव रमेश विष्टले पत्रकारिता क्षेत्र बाहिरबाट हेर्दा आकर्षकको पेसाजस्तो देखिए पनि कोरोनाका कारण पेसामा गम्भीर संकट देखिएको बताए । उनले केही सञ्चार गृहले पत्रकारलाई पेसाबाट वञ्चित गरेको भन्दै पत्रकारको रोजीरोटीका लागि आन्दोलन गर्न बाध्य भएको बताए । उनले कोरोना भाइरस महामारीका अवस्थामा राज्यले पत्रकार तथा सञ्चार क्षेत्रको संरक्षणका लागि कुनै पहल नगरेको भन्दै दुःख व्यक्त गरे ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पत्रकारका कारण सञ्चारमाध्यमका सञ्चालकहरू विगतमा ठूलो धनराशि जोड्न सफल भएको भन्दै कोरोनाको बहानामा पत्रकारलाई पेसाबाट निष्काशन गर्नु अत्यन्तै दुखद् रहेको बताए । उनले पत्रकारका समस्याप्रति सरकारले गम्भीर चासो दिई सञ्चार माध्यमलाई व्यवस्थित गर्ने उपयुक्त समय रहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -