Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१०:३६ बिहान
- ADVERTISEMENT -

मनसुनले ल्याउने सम्भावित विपदबिरुद्ध लड्न सरकार र सरोकारवाला निकाय तीव्र तयारी

प्रकाशित मिति: २०७७ साउन ५, सोमबार

610
Shares

काठमाडौँ, सोमबार, ५ साउन २०७७ । जारी रहेको मनसुनले ल्याउने सम्भावित विपदबिरुद्ध लड्न सरकार र सरोकारवाला निकाय तीव्र तयारी गरिरहेका छन् ।

पहिरो आएको खण्डमा तत्काल उद्धार र राहतका लागि सम्बन्धित स्थानीय र जिल्ला विपद् व्यवस्थापनलाई तयारी अवस्थामा राखिएको छ ।

पहिले भूकम्प गएका, पहिरो गएका र सम्भावित क्षेत्रको अवलोकनका भरमा त्यस क्षेत्रमा नबस्न र उच्च सतर्क रहन भनिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले बताउनुभयो ।

“सक्रिय मनसुनसँगै बढ्दो बाढी र डुबानको उच्च जोखिमलाई दृष्टिगत गर्दै तराईका २३ जिल्लामा पूर्वतयारी तम्तयार राखेका छौँ,” पोखरेलले भन्नुभयो । उहाँका अनुसार तराईको बाढी र डुबानमा परेकालाई उद्धार गर्न ५० जना सक्रिय गोताखोर तयार छन् । रबरका डुङ्गा १९१ वटा, मोटरबोट तप १४ वटा पठाइएको छ ।

जसले ठूला डुबान र बाढीमा परेकालाई तत्काल उद्धार गरेर बचाउन सकिने उहाँले बताउनुभयो । त्यस्तै, काठका स्थानीय रूपमै उपलब्ध डुङ्गासँगै प्रहरी तथा सेनाको उद्धार टोली नदी तटीय क्षेत्रमा तैनाथ गरिएको छ ।

हरेक जिल्लामा पत्र र फोन गरेरै विपद्मा जुट्न भनिएको छ । पोखरेलका अनुसार कोसी क्षेत्रमा हरेक वर्ष देखिने जटिल डुबान र बाढीको विषयमा दुई स्थानमा अलिक अप्ठेरो रहेको छ । कोसीको दुई धारको बीचमा रहेको गोबरगाढाका बासिन्दालाई मनसुनभर अन्यत्र सर्न भनिए पनि नमानेका कारण सङ्कट बढेको छ । “बसेको थातथलो छोड्न चाहँदैनन्, हामी पानीसँगै हुर्केको बढेको भनेर जवाफ दिन्छन्, सम्पत्ति र गाईबस्तु छाडेर जान मान्दैनन्,” उहाँले भन्नुभयो ।

अर्को क्षेत्र कोसीको पश्चिम क्षेत्रको सप्तरीमा बढी खतरा छ । त्यहाँको तटबन्ध कमजोर छ । जुन भारतीय पक्षले बनाउनुपर्ने हो । स्थानीय प्रमुख जिल्ला अधिकारीसहितले दैनिक अनुगमन गर्ने र ब्यारेजका अधिकारीसँग समन्वय गरिरहेको जानकारी पोखरेलले दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -