गोरखा, आइतबार, ४ साउन २०७७ । आँबुखैरेनी सडक अवरुद्ध भएको छ ।
गएराती भएको वर्षात सँगै सडक माथिबाट पहिरो, लेदो माटो खस्दा गोरखा नगरपालिका १२ सात किलो मोडमा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पहिरोले अवरुद्ध सडक खुलाउने तयारी भईरहेको र दुई घण्टा भित्र दुईतर्फी सडक सुचारु हुने ट्राफिक प्रहरी टिका शर्माले बताउनु भयो ।








































