Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१५:३२ दिउँसो
- ADVERTISEMENT -

कोरोना संक्रमितको संख्या घट्दै

प्रकाशित मिति: २०७७ साउन ४, आइतबार

568
Shares

काठमाडौं, आइतबार, ४ साउन २०७७ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । गत २४ घण्टामा ५७ जनामा मात्रै कोरोना सङ्क्रमण देखिएको छ । बिहीबार १६७ र शुक्रबार १०१ जनामा कोरोना देखिएको थियो ।

२४ घण्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा मोरङका दुई र तेह्रथुमका दुई, कोशी अस्पताल विराटनगरमा इलामका एक र मोरङका छ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एक र मोरङका एक, नारायणी अस्पताल वीरगञ्जमा बाराका एक जनालाई कोरोना देखिएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका दुई, नुवाकोटका दुई, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका एक, पर्वतका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका दुई र पाल्पाका दुई, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा दैलेखका एक, दैलेख पीसीआर प्रयोगशाला दैलेखमा दैलेखका चार, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा सल्यानका एक र रुकुमपश्चिमका तीन जनामा कोरोना देखिएको छ ।

डडेल्धुरा अस्पतालमा डडेल्धुराका दुई, बझाङका दुई र डोटीका सात, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कैलालीका १३ र कञ्चनपुरका एक गरी आज जम्मा ५७ जनामा कोरोना देखिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८२५ छ । सङ्क्रमणमुक्त भई घर फर्किने र हालसम्म सक्रिय सङ्क्रमण रहने दुवैको जम्मा सङ्ख्या १७ हजार ५०२ पुगेको छ । विगत २४ घण्टामा २७ प्रयोगशालामा तीन हजार ३३१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।

अहिले क्वारेन्टिनमा रहनुभएका व्यक्तिको सङ्ख्या २३ हजार २७५ रहेको छ । आइसोलेसन रहेका सङ्क्रमित व्यक्तिको सङ्ख्या पाँच हजार ८२५ छ । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १०३ रहेको छ । आजसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ६३७ (६६.१२ प्रतिशत) छ । उनीहरुको उपचार तथा हेरचाहमा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य सहयोगीलाई मन्त्रालयले धन्यवादसमेत व्यक्त गरेको छ । मन्त्रालयले जनस्वास्थ्यको न्यूनतम पालन गर्नसमेत आग्रह गरेको छ ।

मन्त्रालयको दुई वटा कल सेन्टरबाट ७६७ कल प्राप्त भएको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६० हजार ५०० छ । त्यसमा सक्रिय प्रयोगकर्ताको सङ्ख्या ८७ हजार २८१ छ । जम्मा इन्ट्री गरिएको सङ्ख्या ६७ हजार ८४७ रहेकामा शनिबार ७० जनाले इन्ट्री गर्नुभएको छ । रेडजोनमा परेकाको जम्मा सङ्ख्या ५२७ छ । शनिबार कोही पनि रेडजोनमा परेका छैनन् । मन्त्रालयको वेबसाइट हेर्नेको सङ्ख्या ३० लाख ५१ हजार ५०० छ । भाइबर ग्रुपमा जोडिनेको सङ्ख्या चार लाख छ हजार ४२४ छ ।

हालसम्मको विश्वको तथ्याङ्क हेर्दा एक करोड ४२ लाख दुई हजार ९७९ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । त्यसैगरी पाँच लाख ९९ हजार ६०३ व्यक्तिको निधन भइसकेको छ । प्रवक्ता गौतमले भने, “सार्क सदस्य देशहरुसँग नेपाललाई तुलना गरेर हेर्दा नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।”

कोभिड–१९ बाट प्रत्येक १० लाखमा मृत्यु हुनेको अनुपातमा बङ्गलादेश, भारत, माल्दिभ्स, अफगानिस्थान र पाकिस्तानभन्दा नेपालमा कम रहेको छ । प्रत्येक १० लाखमा पीसीआर परीक्षणको सङ्ख्या अफगानिस्तानमा दुई हजार १३३, बङ्गलादेशमा छ हजार ११०, श्रीलङ्कामा छ हजार ३२७, पाकिस्तानमा सात हजार ६८६, भारतमा नौ हजार ७३० र नेपालमा १० हजार ६९५ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -