Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:३९:२७ बेलुका
- ADVERTISEMENT -

ट्रम्प र जोन्सनको मास्कप्रतिको धारणामा परिवर्तन आउँदै

प्रकाशित मिति: २०७७ असार ३१, बुधबार

723
Shares

बीबीसी, बुधबार, ३१ असार २०७७ । केही दिन अगाडि मात्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सार्वजनिकस्थलमा पहिलोपटक मास्क लगाएको अवस्थामा देखा परेका हुन् ।

यसरी विश्व महामारी कोभिड–१९ ले ५ लाख ७० हजारको ज्यान लिइसक्दा पनि यी दुवै राष्ट्र प्रमुखहरुको भर्खरै मात्र मास्कप्रतिको धारणा बदलिएको छ जबकि विश्व स्वास्थ्य संगठनलगायत सबै वैज्ञानिकहरुले मास्क नै संक्रमणबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय रहेको पटकपटक बताउँदै आएका छन् ।

अर्को कुरा बेलायत र अमेरिका दुवै देश विश्वकै सबैभन्दा नराम्ररी प्रभावितमा पर्दछन् जहाँ बेलायतले पछिल्ला केही दिन सङ्ख्या नियन्त्रणमा ल्याइ लकडाउन खुलाएको छ भने झन्डै तीसलाख मानिस संक्रमित रहेको अमेरिकामा अझै पनि बिरामी थपिने क्रम उच्च रहेको छ ।

विशेषगरी ट्रम्पले यसअघि मास्क लगाउने सुझावलाई सार्वजनिक रुपमै हाँसोठट्टा गरेर उडाएका थिए र धेरै मान्छेहरु आफ्नो विरोध गर्नकै लागि भए पनि मास्क लगाउने गरेको आरोप लगाएका थिए । यता अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले भने कोभिड फैलन सुरु भएदेखि मुख नछोपी सार्वजनिकस्थलमा नजान सुझाव दिइरहेको थियो ।

यता बेलायत सरकार पनि आम जनतालाई सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन निर्देशन दिन हिचकिचाउँदै आएको छ ।

जहाँ अन्य युरोपेली मुलुकमा मास्क लगाउनुपर्ने कानुनी नियम नै जारी भइसकेको छ । बेलायतले पनि सार्वजनिक यातायातमा मास्क लगाउनुपर्ने सम्बन्धी नियम जुनमै ल्याएको थियो र अहिले मात्र पसलहरुमा जाँदासमेत मास्क नलगाए जरिवाना तिर्नुपर्ने बताइरहेको छ । तर अझै यो नीतिलाई धेरैले गम्भीरतापूर्वक लिएको देखिँदैन ।

यसरी मास्क लगाएर हिँड्नुलाई अनिवार्य बनाउने देशहरुको सङ्ख्या पछिल्लो ६ महिनामा उल्लेखनीय रुपमा वृद्धि भएको छ । मार्च महिनातिर नै दश मुलुकले मास्क लगाउने नीति सार्वजनिक गरिसकेका थिए । अहिले भने विश्वका १३० देशमा मुख छोप्ने नियम लागू भइसकेको छ र अमेरिकामा पनि २० वटा स्टेटमा मास्क लगाउने सम्बन्धी निर्देशन दिइएको छ ।

यसरी त्यहाँ मास्कप्रति मानिसहरुको धारणा अत्यन्तै सुस्त गतिमा परिवर्तन भइरहेको छ ।

बेलायतको रोयल सोसाइटीको रिपोर्टमा उल्लेख गरिएअनुसार मास्क लगाएको कहिल्यै कुनै इतिहास नभएको इटलीजस्तो देशमा पनि ८३ प्रतिशतले यो नयाँ चलन अपनाइसकेका छन् । कोरोना भाइरस कसरी फैलन्छ भन्नेबारे सबैले स्पष्टसँग बुझेपछि नै यसप्रतिको धारणा परिवर्तन हुन सकेको बताइएको छ ।

महामारीको सुरुवातमा भने विश्व स्वास्थ्य संगठनले नै मास्क केबल स्वास्थ्यकर्मी र रुघाखोकी लागेका मान्छेले मात्र लगाउनुपर्ने बताएको थियो ।

तर भाइरसबारे अध्ययन गर्दै जाँदा धेरै मानिसहरुले लक्षण नै नदेखाइ रोग फैलाइरहेको पत्ता लागेपछि संक्रमणबाट जोगिन मास्क नै सबैभन्दा उपयुक्त तरिका रहेको सम्बन्धी विश्व स्वास्थ्य संगठनले आधिकारिक घोषणा गरेको हो ।

कोभिड–१९ सँग सम्बन्धित व्यवहारको अन्तर्राष्ट्रिय अध्ययन गरिरहेका प्रोफेसर लेभोइ भन्छन्, “अझै केही समय कोभिड कतै हराउनेछैन र यसको खोप निस्कन पनि महिना होइन वर्ष लाग्न सक्छ । त्यतिन्जेल मास्क लगाउने जस्ता केही व्यवहार सामान्यीकरण गरि सबैले अपनाउनैपर्ने हुन्छ ।”

मास्कबारे विभिन्न देशका छुट्टाछुट्टै धारणा

यसरी विश्वभरि नै अहिले मास्कलाई अनिवार्य बनाउने कुरा उठिरहँदा देशअनुसार मानिसहरु त्यसलाई कति सजिलै अपनाउन तयार छन् भन्नेमा पनि धेरै फरक देख्न सकिन्छ । जस्तैकि हाल इटलीमा ८३ प्रतिशत र अमेरिकामा ५९ प्रतिशतले घर बाहिर निस्कदा सधैँ मास्क प्रयोग गर्न चाहेको बताएका छन् भने यता बेलायतमा चाहिँ केबल १९ प्रतिशत मात्र मास्क लगाउन तयार रहेको कोभिड–१९ व्यवहार निरीक्षक परियोजनाले जनाएको छ ।

यसरी मास्क लगाउने विषयमा विशेषगरी बेलायत, अमेरिका र क्यानडा अन्य युरोपेली देश जस्तै स्पेन, फ्रान्स, इटलीको तुलनामा सुस्त रहेको पाइएको छ ।

इम्पेरियल कलेज लन्डनकी व्यवहारिक अनुसन्धानकर्ता सेरा पी जोन्सका अनुसार मान्छेहरुले मास्क कति सजिलै उपलब्ध छ, त्यो लगाउनुका फाइदा कति छन्, यो रोगप्रति आफ्नो संवेदनशीलता कस्तो छ भन्ने कुराका आधारमा मास्क लगाउने नलगाउने निर्धारण गरिरहेका हुन्छन् ।

अधिकांश मानिसहरु प्रायः अरुले लगाएको देखेर पनि लगाउनैपर्ने अवस्था आएको महसुस गर्दछन् जस्तै इटलीमा यसअघि भाइरस तिव्र रुपमा फैलिएपछि मास्क लगाउनुपर्ने नियम, मानिसहरुले ढिला नगरि अपनाए । त्यस्तै २००३ मा सार्स महामारीको सामना गरिसकेका पूर्वी एसियाली मुलुकहरुमा भने संक्रमणले गम्भीर रुप लिनु अगाडि नै सबै नागरिक सचेत भइसकेका थिए ।

तर अर्कोतर्फ पश्चिमी राष्ट्रहरुमा चाहिँ मास्क लगाउनुपर्ने अवस्था आएको कुनै इतिहास छैन । यस्तोमा कोभिड महामारीको सुरुवातमा अन्तर्राष्ट्रिय संघसंस्था र पश्चिमी मुलुकहरुले पूर्वी एसियाका वैज्ञानिकहरुको सुझावपूर्ण रुपमा बेवास्ता गरेका थिए ।

किन केही मानिस अझै मास्क लगाउन चाहँदैनन् ?

तर अझै पनि केही मानिसहरु मास्क लगाउनुभन्दा ह्यान्ड स्यानिटाइजर प्रयोग गरिरहने, नियमित हात धुने र सामाजिक दुरी कायम गर्नमा बढी जोड दिइरहेका छन् । उनीहरुमा सामाजिक दुरी र हात धोइरहनु नै भाइरस नियन्त्रण गर्न पर्याप्त छ भन्ने विश्वास गर्ने रहेको प्रोफेसर लेभोइ बताउँछन् । त्यस्तै मास्क लगाउन पहिले यसलाई खरिद गर्नुपर्छ र फाल्दा पनि होसियारी अपनाउनुपर्छ भने लगाउँदा पनि मुखलाई असहज हुन्छ ।

यसकारण पनि धेरै देशका सरकार अझै पूर्णरुपमा जनतालाई मास्क लगाउन निर्देशन दिन सकिरहेका छैनन् । यसरी सरकारबाटै थरीथरी सन्देशहरु आउनु, स्वास्थ्य डाटा सम्बन्धी पारदर्शी नहुनु र नीति नियम जारी गर्नमा ढिलाइ गर्नुले सरकारबाट मान्छेको विश्वास उठ्ने डर रहेको हुँदा नागरिकहरु झन ठूलो जोखिममा पर्न सक्ने प्रोफेसर लोभेइ बताउँछन् ।

यसको उदाहरण हो पश्चिमी मुलुकहरुमा नराम्ररी प्रभावित भइ भाइरस अनियन्त्रित अवस्थामा पुगेपछि मात्र धेरैले मास्कको प्रयोगमा जोड दिए । यस्तोमा बोरिस जोन्सन र डोनाल्ड ट्रम्पले पहिलोपटक मास्क लगाएर उपस्थिति जनाउनुले नागरिकहरुमा सकारात्मक छाप पर्न सक्ने उनको भनाइ छ । रोल मोडललाई मान्छेले वास्तवमै गम्भीरतापूर्वक लिने हुनाले पनि उनीहरुको उदाहरण धेरैले शरण गर्ने अपेक्षा रहेको लेभेइ बताउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -