Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४८:१८ बिहान
- ADVERTISEMENT -

अमेरिकाले सुरू गर्‍यो डब्लूएचओबाट बाहिरिने प्रक्रिया

प्रकाशित मिति: २०७७ असार २४, बुधबार

673
Shares

काठमाडौं, बुधबार, २४ असार २०७७ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बाट निकाल्ने औपचारिक प्रक्रिया शुरू गरेका छन् । अमेरिकी राष्ट्रपतिले मेको अन्तिममा डब्लूएचओले कोरोना भाइरसका विषयमा चीनको समर्थन गरेको आरोप लगाउँदै उक्त संगठनबाट बाहिरिने घोषणा गरेका थिए ।

युरोपेली संघ तथा अन्यले ट्रम्पलाई यस निर्णयमा पुनर्विचार गर्न आग्रह गरे पनि उनले अस्वीकार गर्दै आएका छन् । उनले डब्लूएचओलाई दिँदै आएको सहयोेग अन्त कतै प्रयोग गर्ने बताउँदै आएका छन् ।
अमेरिकी राष्ट्रपतिले संयुक्त राष्ट्रसंघ र अमेरिकी संसदलाई औपचारिक रूपमा यस बारे जानकारी गराइसकेका छन् ।

यद्यपि अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिर आउने प्रक्रिया पूरा हुन एक वर्ष लाग्ने छ । यसलाई पुष्टि गर्दै संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टीफनले अमेरिकाले डब्लूएचओबाट फिर्ता लिने सूचना दिएको बताए । उनका अनुसार जुलाई २०२१ बाट मात्रै अमेरिका बाहिरिन पाउने छ ।

अमेरिकी सांसद र विदेशी सम्बन्ध समितिका वरिष्ठ सदस्य डेमोक्रयाट सिनेटर रोबर्ट मेनेन्डिजले ट्विट गरेर भनेका छन्, “अमेरिकी राष्ट्रपतिले महामारीको बीचमा विश्व स्वास्थ्य संगठनबाट आधिकारिक रूपमा हटाएको कुरा कांग्रेसले प्राप्त गरेको छ । यस पछि अमेरिकाका मानिस बिरामी हुनेछन् र अमेरिका एक्लै हुनेछ ।”

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई लागु गर्न चाहेको सुधारको विस्तृत विवरण दिए पनि संगठनले अस्वीकार गरेको अमेरिकी वरिष्ठ सरकारी अधिकारीले सीबीएस न्यूजलाई बताएका बीबीसीले जनाएको छ । उनले भने, “किनकी उनीहरूले यी महत्वपूर्ण सुधारहरू अपनाउन अस्वीकार गरे, यसकारण हामी उनीहरूसँगको सम्बन्ध आज समाप्त गर्नेछौं ।”

विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा धेरै अमेरिकाले सहयोग गर्दै आएको छ । सन् २०१९ मा अमेरिकाले डब्लूएचओलाई ४० करोड डलर सहयोग गरेको थियो । उक्त रकम डब्लूएचओको वार्षिक बजेटको १५ प्रतिशत हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -