Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२०:५८ बिहान
- ADVERTISEMENT -

थप ७४० सहित कुल सङ्क्रमित १५ हजार नाघ्याे, काठमाडाैँमा थप एककाे मृत्यु

प्रकाशित मिति: २०७७ असार १९, शुक्रबार

628
Shares

काठमाडौँ, शुक्रबार, १९ असार २०७७ । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १५ हजार २५९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ७४० जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा चारहजार ४८३ वटा नमूना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ३५ हजार ४७२ रहेका छन् । आइसोलेसनमा नाैहजार ८४ रहेका छन् ।

देशभर छ हजार १४३ डिस्चार्ज भएका छन् । देशभरबाट ८२३ जना निकाे भएर घर फर्केका छन् ।

नेपालमा रहेका ७७ वटा जिल्लाहरुमध्ये आठवटा जिल्लामा पाँचसयभन्दा बढी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सो मध्ये प्रदेश २ मा महोत्तरी, रौतहट र सर्लाहीसहित तीन जिल्ला, प्रदेश ५ मा कपिलबस्तु, पाल्पा र दाङसहित तीन जिल्ला रहेका छन् ।

यस्तै, कर्णाली प्रदेशमा दैलेख र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लामा पनि भाइरसका कारण पाँचसयभन्दा बढी सङ्क्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसबाट अत्याधिक मात्रामा जोखिममा रहेकालाई ध्यान दिने बताइएको छ । त्यसमा क्यान्सर र मधुमेहका विरामी, आइसीयु र इमरजेन्सीमा आउने विरामी, पकेट क्षेत्रका बासिन्दा र स्वास्थ्यकर्मीहरुको परीक्षण गरिने कुरा उहाँले बताउनुभयो ।

यस्तै, क्वारेन्टाइनमा रहेका सङ्क्रमितहरुको रोग प्रतिरोधात्मक शक्ति बढाउनको लागि आयुर्वेदिक औषधीहरु वितरण गरिनेछ ।

कोरोना भाइरसका कारणले काठमाडौंमा थप एकजनाको निधन भएको छ । नयाँ वानेश्वरमा बस्ने ८५ वर्षीय एक पुरुषको भाइरसका कारणले निधन भएको पत्रकार सम्मेलनमा प्रा डा गौतमले जानकारी दिनुभयो ।

पार्किङ्सन रोगबाट पीडित पुरुष्का छाती दुखेपछि राजधानीको एक निजी अस्पतातमा उपचारको क्रममा मृत्यु भएको हो ।

हिजो बिहीबारमात्र राजधानीकै एक अस्पतालमा एक ४९ दिनका नवजात शिशुको कोरोनाको कारणले मृत्यु भएको थियो । आज मृत्यु घोषित पुरुषसहित नेपालमा कोरोना लागेर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -