काठमाडौं, बिहिबार, १७ असार २०७७ । संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य गर्ने कदमलाई कांग्रेस नेता गगन थापाले विनासकाले विपरित वुद्धी बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा प्रतिक्रिया जनाउँदै थापाले संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य गर्ने कदमलाई विनासकाले विपरित वुद्धी बताएका हुन् ।
थापाले संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा रहेको, कोभिड १९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता भएकै बेला पार्टीभित्रको किचलोको अचानोमा संसदलाई पारिएको बताए ।
संसदलाई छलेर प्रधानमन्त्रीले दल सम्वन्धी अध्यादेश र संवैधानिक परिषद सम्वन्धी अध्यादेश ल्याउने सम्भावना व्यक्त भइरहँदा नेता थापाले भनेका छन्, ‘अव कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नहोस ।’










































