काठमाडौं, बुधबार, १७ असार २०७७ । युवा नेता तथा सासद गगन थापाले बालुवाटारमा तमासा छ, भन्नू भएको छ ।
उहाँले सामाजिक संजाल फेसबुकमा लेख्नु हुन्छ ।
बालुवाटारमा तमासा छ !
सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन । तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले ! बरु यिनको त गति र प्रभाव बढ्दो छ ।
त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ :अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।









































