Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
६:४१:३९ बेलुका
- ADVERTISEMENT -

आवाज निकालेर, धुवाँ उडाएर सलहको झुण्डलाई भगाउने अभियान थाल्न आग्रह

प्रकाशित मिति: २०७७ असार १५, सोमबार

583
Shares

काठमाडौँ, १५ असार २०७७ । सरकारले आवाज निकालेर, धुवाँ उडाएर सलहको झुण्डलाई बस्न नदिने सामूहिक अभियान चलाउन पालिकाहरुलाई आग्रह गरेको छ ।

शनिबारबाट नेपालमा पनि सलह किरा देखा परेपछि सरकारले सलह देखिन सक्ने सम्भावित क्षेत्रमा कुनै न कुनै माध्यमबाट सलहलाई बस्न बाधा पुर्‍याउने अभियान चलाउन आग्रह गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत नर्सरी, करेसाबारीजस्ता साना क्षेत्रफलमा हुने खेतीमा झुल तथा जालीले छोपेर बाली बचाउने सकिने बताएको छ ।

यस्तै टनेलभित्रको बालीलाई वरिपरिबाट किरा छेक्ने गरी जालीले बेरेर जोगाउन सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले धानको ब्याडमा जाली वा त्रिपाल राखेर जोगाउन सकिने बताउनुभयो । किरा आउने सम्भावना भएका क्षेत्रमा रोपाइँ केही दिन पर सारेर गर्दा पनि क्षति कम हुनेर्तफ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईँले अहिलेसम्म नेपाल आइपुगेको सलह किराको समूहले क्षति नपुर्‍याएको बताउनुभयो । किराले क्षति नपुर्‍याए पनि ढुक्क भएर बस्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले फेरि हावाको चाप नेपालीतिर भएको अवस्थामा प्रकोप आउन सक्ने सम्भावना रहेको बताउनुयो ।

मन्त्रालयले विषादीको लागत राख्न पनि आग्रह गरेको छ । स्थानीय एग्रोभेटहरुलाई सुसूचित गरी तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ । खेतबारी, सार्वजनिक स्थान वा जङ्गलमा किराले आश्रय लिएको पाइएमा तत्काल विषादीको प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । विषादी प्रयोग गर्दा साँझपख वा बिहानै स्प्रेयरबाट छरेर सलह किरा मार्न सकिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -