Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०८:०५ बिहान
- ADVERTISEMENT -

अमेरिकामा चौबिस घण्टामा चार महिनायताकै उच्च सङ्क्रमित

प्रकाशित मिति: २०७७ असार १३, शनिबार

611
Shares

काठमाडौँ, शनिबार, १३ असार २०७७ । अमेरिकामा पछिल्लो चौबिस घण्टामा कोरोनाभाइरस महामारीको रुप लिएयताकै सबैभन्दा बढी सङ्क्रमितको पुष्टि भएको छ । सङ्क्रमण तीव्र रुपमा फैलिएपछि खुल्ने अवस्थामा रहेको फ्लोरिडा, टेक्सस र एरिजोना राज्य पुनः पुरानै अवस्थामा राखिने भएको छ ।

अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार चौबिस घण्टामा ४० हजार व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । यसअघि २४ अप्रिलमा सबैभन्दा बढी ३६ हजार ४०० कोरोनाका बिरामीको पुष्टि भएको थियो । अमेरिकामा २४ लाखभन्दा बढी कोरोना सङ्क्रमित छन् । एक लाख २२ हजार ३७० जनाको कोरोनाले मृत्यु भइसकेको छ ।

केही स्वास्थ्य अधिकारीहरूले हाल पुष्टि भएको सङ्क्रमितको सङ्ख्याभन्दा यथार्थमा दश गुणा बढी हुने दाबी गरेका छन् । अमेरिकी रोग नियन्त्रण केन्द्र(सीडीसी)का अनुसार दुई करोड अमेरिकीमा कोरोनाको सङ्क्रमण रहेको हुनसक्छ ।

दक्षिण र पश्चिमी अमेरिकामा कोरोना सङ्क्रमण २० देखि ३० वर्षसम्मका युवामा बढेको देखिन्छ । पछिल्ला दिनहरूमा टेक्सस राज्यमा सबैभन्दा बढी सङ्क्रमित फेला परेका छन् । शुक्रबारदेखि सेवा दिने सबै निकाय सुचारु गर्ने निर्धारण गरिएको टेक्ससका गर्भर ग्रेग अबोटले भने उक्त निर्णय रद्द गर्नुभएको छ ।

उहाँले नदीमा र्याफटिङ, बार र रेष्टुरेन्टमा ५० प्रतिशत मात्रै ग्राहक राख्ने गरी सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको छ । टेक्ससमा बिहीबार मात्रै पाँच हजार ९९६ जना नयाँ सङ्क्रमित थपिएका छन् । बुधबार उक्त सङ्ख्या पाँच हजार ५०८ दर्ता गरिएको थियो । टेक्सस राज्यमा हालसम्म एक लाख २२ हजार ९६० जनामा कोरोनाको सङ्क्रमण रहेको पुष्टि भइसकेको छ ।

फ्लोरिडासँगै अल्बामा, क्यालिफोर्निया, इडाहो, मिसिसिपि, मिसौरी, नेवाडा, ओक्लाहम, दक्षिण केरोलिना र वोमिङमा समेत सङ्क्रमित हुनेको सङ्ख्या दैनिक रुपमा वृद्धि भइरहेको छ ।

बीबीसीका अनुसार न्युर्योक, न्यु जर्सी र कोनेक्टीकट राज्यले भने अल्बामा, अर्कन्सस, एरिजोना, फ्लोरिडा, उत्तरी करोलिना, दक्षिण करोलिना, टेक्सस र अटहसहितका आठ राज्यबाट आउने यात्रुलाई कम्तीमा १४ दिन अनिवार्य आइसोलेसनमा बस्न सुझाव दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -