काठमाडौँ, शुक्रबार, १२ असार २०७७ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडाैंका तीन पुरूषमा पनि काेराेना पुष्टी भएकाे छ ।
यससँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको एघार हजार ७५५ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले साे जानकारी दिनुभयाे ।
साथै, विभिन्न अस्पतालबाट थप ४८ जना निकाे भएर डिस्चार्ज भएका छन् । ८ महिला र ४० पुरूष निकाे भएका छन् । याेसँगै कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ६५८ पुगेकाे छ । रेड जाेनमा एक जना थपिएकाे छ ।








































