Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४५:११ बिहान
- ADVERTISEMENT -

जापानद्वारा अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद स्थगित

प्रकाशित मिति: २०७७ असार ११, बिहीबार

848
Shares

टोकियो, बिहिबार, ११ असार २०७७ । जापान सरकारले अर्बौं डलरको अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद सम्बन्धी एक सम्झौता स्थगित गरेको छ ।

जापान सरकारले हाल उक्त कार्यक्रम नै स्थगित भएको जनाउँदै खरिद कार्य रोक्ने निर्णय गर्नु परेको जनाएको छ । एजिस एशोर प्रतिरक्षा प्रणाली जापानका दुई स्थानमा तैनाथ गर्ने कार्यक्रम यसअघि घोषणा गरिएको थियो, तर यो प्रणाली निकै महँगो र आवश्यक नरहेको भन्दै विवादमा तानिएको थियो ।

क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट सिर्जना हुने जोखिमका बारेमा स्थानीयबासीले निरन्तर दबाब दिएपछि जापान सरकारले उक्त प्रणाली तत्काल खरिद नगर्ने निर्णय गरेको जापानको रक्षा मन्त्रालयले जनाएको छ । जापानका रक्षामन्त्री तारो कोनोले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीको एक बैठकमा भन्नुभयो, “राष्ट्रिय सुरक्षा परिषदले यसका बारेमा छलफल गरेको छ, र अकिता एवं यामागुचीमा एजिस एशोर क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नराख्ने निर्णय भएको छ ।” सरकारले शुरुमा यो प्रतिरक्षा प्रणाली रहने क्षेत्रका मानिसलाई उनीहरुका घरहरुमा कुनै पनि क्षेप्यास्त्र नखस्ने भन्दै आश्वस्त बनाएको थियो । तर गत साता उक्त अत्याधुनिक प्रणाली स्थगित गरेको घोषणा गरिएको थियो ।

रक्षामन्त्री कानोले यो हार्डवेयर जडान गर्न निकै समय र लागत दुबै लाग्ने बताउनुभएको छ । सन् २०१७ मा स्वीकृत भएको एजिस एशोर प्रणालीका लागि जापानले ४ अर्ब २० करोड अमेरिकी डलर खर्च गर्न लागेको थियो । यो खर्च ३० वर्षका लागि हो । तर यसको लागत समयक्रममा अरु बढ्ने अनुमान गरिएको थियो । खासगरी उत्तर कोरियाले क्षेप्यास्त्र प्रणाली सुधार गरेपछि जापानले नयाँ अमेरिकी हतियार खरिद गर्ने प्रस्ताव अघि सारेको थियो । साथै, अमेरिकासँगको सम्बन्ध अझ सुदृढ बनाउन पनि यो हतियार किन्ने चाहना जापानले राखेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी गठबन्धनका मुलुकहरुलाई अमेरिकी हातहतियार समेत अमेरिकी सामग्री बढी खरिद गर्न निरन्तर आग्रह गर्दै आउनु भएको थियो जापानका प्रधानमन्त्री शिन्जो आबेले गत साता एजिस एशोर प्रणालीको विकल्पमा अरु अमेरिकी सैन्य प्रणाली खरिद गर्ने बारेमा विचार गरिरहेको बताउनुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -