काठमाडौँ, मंगलबार, ९ असार २०७७ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले चीनले गरेका गतिविधिबारे सरकारको जवाफ मागेका छन् ।
उपसभापति निधिले ट्वीटरमा लेख्दै हिमालय र सगरमाथामा चिनियाँ गतिविधि आपत्तिजनक भएको बताएका हुन्। त्यस्तै उनले हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोकमा ३३ हेक्टर जग्गा कब्जा गरेको बारे पनि सरकारको जवाफ मागेका छन् ।
उनले गोरखाको तिब्बती सिमामा रहेको रुई गाउँ कब्जा गरेको, कोरोनाबारे सहयोग र चिनिया भाषा पढाउने नाउमा चिनियाँ सेना आउने र सरकारलाई चिनिया पार्टीले तालिम दिएको समाचार आएको भन्दै जवाफ मागेका छन् । ‘हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि, हुम्ला ,रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हे.जग्गा चीनद्वारा कब्जा,’ उनले लेखेका छन्, ‘गोरखाको रुई गाउँ कब्जा, कोरोनाबारे सहयोग र चिनियाँ भाषा पढाउने नाउँमा चिनियाँ सेना आउने र सरकारलाई चिनियाँ पार्टीले तालिम दिएको समाचार आयो। सरकारको जवाफ चाहियो।’










































