Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:१४ बिहान
- ADVERTISEMENT -

विश्वमा हालसम्म संक्रमितको संख्या ९१ लाख ८६ हजार नाघ्यो , ४९ लाख २१ हजार ४ सय ७ जना संक्रमणमुक्त

प्रकाशित मिति: २०७७ असार ९, मंगलबार

516
Shares

काठमाडौं, मंगलबार, ९ असार २०७७ । विश्वमा हालसम्म ९१ लाख ८६ हजार ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ४ लाख ७४ हजार २ सय ५८ जनाले ज्यान गुमाएका छन् ।

विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ४९ लाख २१ हजार ४ सय ७ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन् । हाल विश्वमा ३७ लाख ९० हजार ४ सय ३२ जना संक्रमित उपचारत छन् । उपचारत मध्ये ५७ हजार ८ सय ८४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ३७ लाख ३२ हजार ५ सय ४८ जनाको अवस्था सामान्य रहेको छ ।

नेपालमा हालसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ । नेपालमा रहेका संक्रमित मध्ये २३ जनाको मृत्यु भइसकेको छ भने २ हजार १ सय ४८ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाको पहिलो संक्रमण गत ९ माघमा फेला परेको थियो ।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएका थिए । यो भाइरस फैलिएर अहिले विश्वका २ सय १३ देश तथा क्षेत्रमा पुगेको छ ।

वल्डो मिटर्सको तथ्याङ्कअनुसार कोरोना भाइरस संक्रमितको सबैभन्दा ठूलो संख्या अमेरिकामा छन् । अमेरिकामा हिजोसम्म २३ लाख ८८ हजार १ सय ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यहाँ हालसम्म १ लाख २२ हजार ६ सय १० जनाको कोभिड-१९ बाट मृत्यु भएको छ ।

त्यसैगरी, ब्राजिलमा कोरोना संक्रमित ११ लाख ११ हजार ३ सय ४८ जना पुगेका छन्, जसमध्ये ५१ हजार ४ सय ७ जनाको मृत्यु भएको छ ।

रुसमा ५ लाख ९२ हजार २ सय ८० जना कोरोना संक्रमित रहेकोमा ८ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन् ।

भारतमा कूल संक्रमित ४ लाख ४० हजार ४ सय ५० पुगेको छ। यीमध्ये १४ हजार १५ जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोना ३ लाख ५ हजार २ सय ८९ जना संक्रमित पुगेका छन् । जसमध्ये ४२ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -