काठमाडौं, आइतबार, ७ असार २०७७ । विश्वभर महामारीकोरुपमा फैलिएको नोवेल कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ३३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ३३ हजार ३ सय ८८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख ३० हजार ५ सय ७८ पुगेको छ ।
आइतबार बिहानसम्म १ लाख २१ हजार ९ सय ८० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ७३ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
कुल संक्रमितमध्ये ९ लाख ७२ हजार ९ सय ४१जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १२ लाख ४० हजार १ सय ६७ जनामध्ये १६ हजार ५ सय ४७ जनाको अवस्था गम्भीर रहेको छ ।








































