गोरखा, शुक्रबार, ५ असार २०७७ । आज शुक्रबार ११ जनामा संक्रमण देखिएकाहरुको पहिचान भएको छ ।
स्वास्थ्य कार्यालय गोरखाका अनुसार छ जना गोरखा अस्पतालमा आइसोलेशनमा बसिरहेकाहरु हुन् भने पाँचजना भीमसेनथापा गाउँपालिकाका रहेका छन् ।
भीमसेनथापा गाउँपालिकाका पाँच जनामध्य दुईजना जनाको पहिचान खुलेको छ । भिमसेन थापा गाउँपालिका- ८ का १ जना पुरुष र भिमसेन थापा गाउँपालिका-५ का १ जना पुरुष गरी २ जनाको पहिचान खुलेको र बाकी ३ जनाको पहिचान खुल्न बाकी रहेको भिमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण जंग थापाले जानकारी दिनुभयो ।








































