Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५४:३८ बिहान
- ADVERTISEMENT -

कोरोना संक्रमित बढ्दै काठमाडौं उपत्यका पनि उच्च जोखिममा

प्रकाशित मिति: २०७७ असार ५, शुक्रबार

542
Shares

काठमाडौं, शुक्रबार, ५ असार २०७७ । लकडाउन खुकुलो पारेसँगै नेपालमा कोरोना भाइरस संक्रमणको ग्राफ बढदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवारदेखि बिहीबारसम्म सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

स्वास्थ्य मन्त्रालयले बिहीवार अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना संक्रमित देखिएको संख्या सार्वजनिक गरेको छ । बिहीवार ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सरकारले चैत ११ गतेदेखि कोरोना संक्रमण नियन्त्रणका लागि गरेको लकडाउन असार १ गतेबाट खुकुलो पारेसँगै संक्रमितको संख्या बढ्दै गएको हो ।

पछिल्लो हप्ताको मात्र संक्रमण दर हेर्दा मंगलबार केही संख्या घटे पनि अन्य दिन बढेको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आइतबार ४ सय २५, सोमबार ४ सय ५१, मंगलबार ३ सय ८०, बुधबार ५ सय ८६ जनामा संक्रमण पुष्टि भएको थियो । बिहीबार यो संख्या बढेर अहिलेसम्मकै सबैभन्दा बढी अर्थात ६ सय ७१ जनामा कोरोना पोजिटिभ देखिएको छ।

बिहीवार थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात हजार ८ सय ४८ पुगेको छ। यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ भने ११ सय ८६ जनाले कोरोनालाई जितेर उपचारपछि घर फर्किएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सम्म पीसीआर विधिबाट एक लाख ५५ हजार ५ सय १८ र आरडीटी विधिबाट दुई लाख ४३ हजार ७५ जनाको नमुना परीक्षण गरिएको छ।

लकडाउन खुकुलो भएसँगै उपत्यकामा नारा जुलुस गर्दा संक्रमणको जोखिम झनै बढेको छ । पछिल्लो समय बालुवाटार र माइतीघरको जुलुसमा सहभागी केही ब्यक्तिमा कोरोना देखिएपछि त्रास थप बढेको छ भने काठमाडौं, ललितपुर र भक्तपुर पुनः जोखिममा परेको हो । स्वास्थ्य मन्त्रालयले लकडाउन केही खुकुलो मात्र पारिएको भन्दै आफ्नो सुरक्षार्थ दुरी कायम गर्नुका साथै भीडभाडमा नजान सवैलाई अफिल गरेको छ । बिहीवार मात्रै उपत्यकाका तीन जिल्लामा ६ जना कोरोनाका नयाँ संक्रमित पुष्टि भएपछि मन्त्रालयले यस्तो अपिल गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -