Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०४:३९ बिहान
- ADVERTISEMENT -

राज्यविरुद्ध अभियोग लागेका राष्ट्रिय फुटबल टोलीका पाँचै खेलाडीले पाए सफाइ

प्रकाशित मिति: २०७७ असार २, मंगलबार

584
Shares

काठमाडौं, मंगलबार, २ असार २०७७ । असार २ गते । ‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसहित पाँच खेलाडीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।

राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापासहित अञ्जन केसी, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र फिजियोथेरापिष्ट डेजिप थापालाई सर्वोच्च अदालतले मङगलबार सफाइ दिएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता पोखरेलले विशेष अदालतकै फैसलालाई सर्वोच्चले सदर गरेको जानकारी दिनुभयो । विशेष अदालतले यसअघि पाँच जना खेलाडी र एक प्राविधिक गरी छ जनालाई उक्त अभियोगमा निर्दोष ठहर गर्दै २०७५ साल जेठ २४ गते सफाइ दिएको थियो ।
सरकारी अभियोजन पक्षले २०७५ मङ्सिर २० मा उक्त विशेषको फैसलालाई चुनौती दिँदै सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

नेपाल प्रहरीले राष्ट्रिय टोलीबाट खेल्दा म्याच फिक्सिङ गरेको दाबीसहित विशेष अदालतमा पाँचै जना खेलाडी र फिजियोथेरापिष्टमाथि राज्यविरुद्धको अपराधमा मुद्दा चलाएको थियो । नेपालमा म्याच फिक्सिङ सम्बन्धी कानुन नहुँदा छ जनैमाथि राज्यविरुद्धको अपराधको मुद्दा चलाइएको थियो ।

प्रहरीले पक्राउ गरेर मुद्दा चलाए लगत्तै नेपालमा फुटबल नियमन गर्ने निकाय एन्फा र सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघले पाँचै जना खेलाडीलाई निलम्बन गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -