काठमाण्डौँ, आइतबार, ३२ जेठ २०७७ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य गगन थापाले सबै नेपाली एकताबद्ध भएर नेपाली भुमीबाट भारतीय सेनालाई फिर्ता उद्घोष गरेका छन् ।
संसदबाट संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएलगतै सासद थापाले लिम्पियाधुरा, कालापानी र लिपुलेकबाट भारतीय सेना फिर्ता पठाउने चेतावनी दिएका हुन् ।
उनले सामाजिक सञ्जाल ममार्फत सिङ्गो संसद् एक ढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको बताए ।
सांसद थापाले राष्ट्रिय स्वाभिमानको यो लडाईमा आजको दिन सदा स्मरणीय रहिरहने दाबी गरे ।
उनले भनेका छन्, ‘ आज ऐतिहासिक दिन! सिङ्गो संसद् एक ढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको छ। राष्ट्रिय स्वाभिमानको यो लडाईमा आजको दिन सदा स्मरणीय रहिरहनेछ। अब यसरी नै सबै नेपाली एकताबद्ध भएर हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने छौँ।’









































