काठमाण्डौँ, शनिबार, ३१ जेठ २०७७ । काठमाण्डौँबाट सरकारविरोधी प्रदर्शनमा सहभागी भएका ४ जना विदेशी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा क्यानेडियन, चिनियाँ, अस्ट्रेलियन, अमेरिकन र फ्रेन्च नागरिक रहेका छन् । ती विदेशी नागरिकहरुसँगै अन्य केही नेपालीलाई पनि प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । नेपालको कानुनले विदेशी नागरिकलाई कुनै पनि राजनीतिक सभा, सम्मेलन र प्रदर्शनमा भाग लिन निषेध गरेको छ ।
१० अर्बको हिसाब खै ? कोरोना नियन्त्रणमा भएको ढिलासुस्ती, कर सङ्कलन, आरडीटी परीक्षण रोकेर पीसीआरको दायरा बढाउनुपर्नेलगायत माग राखेर सुरु भएको सरकारविरोधी आन्दोलन केही दिनदेखी लगातार चलिरहेको छ ।
सरकारले आन्दोलन नगर्न र आन्दोलन गरेमा सङ्क्रामक रोग ऐन अनुसार कारबाही गर्ने चेतावनी दिए पनि युवाहरुले आन्दोलन जारी राखेका छन् ।
सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको, भ्रष्टाचार मौलाएको लगायतका आरोप लगाउँदै केही दिनयता युवाहरुले प्रधानमन्त्रि निवास वालुवाटार लगायत देशव्यापी आन्दोलन गर्दै आएका छन् ।








































