काठमाडौं, शुक्रबार, ३० जेठ २०७७ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारलाई सच्चिन आग्रह गर्दै याद रहोस यिनै जनताले राजा फालेर तपाईं हामीलाई नेतृत्व दिलाएको बताउनु भएको छ ।
आज समाजिक संजालमा नेता प्रदीप पौडेल लेख्नुहुन्छ :
स्वस्फूर्त जनता सडकमा आएर बेथितिका विरुद्ध आन्दोलन गर्दैछन । यो लोकतन्त्र माथीको प्रहार नठान्नु प्रम ज्यु । सरकारलाई सच्चिन आग्रह मात्रै हो । जनताको प्रश्नमा फेरि मजाक नदोहोर्योस । याद रहोस यिनै जनताले राजा फालेर तपाईं हामीलाई नेतृत्व दिलाएका हुन ।









































