Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
८:३२:३८ राति
- ADVERTISEMENT -

कोरोना नियन्त्रणका लागि स्थानीय तहका पदाधिकारीलाई अनलाइन प्रशिक्षण

प्रकाशित मिति: २०७७ जेठ २९, बिहीबार

1017
Shares

काठमाडौँ, बिहिबार, २९ जेठ २०७७ । सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी नेतृत्व प्रदान गर्ने उद्देश्यले स्थानीय तहका पदाधिकारीका लागि अनलाइन प्रशिक्षण दिन सुरु गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्रिभुवन विश्वविद्यालय र इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेण्ट स्टडिजमार्फत प्रशिक्षण सुरु गरेको हो । नगरपालिकाका उपमेयरहरु पालिकाका न्यायीक समितिका अध्यक्ष हुने भएकाले प्रशिक्षणमा उनीहरुलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।

पालिकाका प्रतिनिधिहरुका लागि जोखिम आपतकालीन र संकट सञ्चार विषयमा दैनिक ३ घण्टाका दरले ५ दिनसम्म प्रशिक्षण दिइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रमेश अधिकारीले जानकारी दिनुभयो ।

जुममार्फत सञ्चालन गरिएको प्रशिक्षणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुले प्रशिक्षण दिनेछन् । कोरोनाबाट उत्पन्न समस्याको प्रभावकारी र व्यवस्थित सम्बोधन गर्ने विषयमा संकटका विभिन्न आयाम, त्यसले पार्ने प्रभाव र सम्बोधन गर्नुपर्ने विषयबारेमा प्रशिक्षण दिइने जानकारी गराइन्छ ।

उहाँले प्रशिक्षण कक्षमा १५ जना सहभागी राखिएको र जुममार्फत ८० प्रतिशतभन्दा बढी स्थानीय प्रतिनिधिलाई समावेश गराइएको जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे यूएनडीपीका आवासीय प्रतिनिधि आइशानी लाबेले उत्थानशील एवं दिगो समुदाय निर्माणमा यूएनडीपीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यका विषमा प्रकाश पार्नुभएको थियो ।

५ दिनसम्म चल्ने अनलाईन प्रशिक्ष्णमा संकटमा सञ्चार र जोखिममा परेकाहरुसंगको संवाद, राष्ट्रिय सुरक्षा र संकटमा आकस्मिक सेवा, आकस्मिक जनस्वास्थय र स्थानीय तहको भूमिका, संकटमा नेतृत्व विषयमा जानकारी दिइनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -