Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०५:५९ बिहान
- ADVERTISEMENT -

औपचारिक निर्णय नहुँदै चहलपहल

प्रकाशित मिति: २०७७ जेठ २६, सोमबार

604
Shares

काठमाडौँ, सोमबार, २६ जेठ २०७७ । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी(लकडाउन) सुरु गरेको ७६ दिनपछि आइतबार राजधानीमा केही चहलपहल बढेको छ ।

गत वर्ष चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरिएको हो । सरकारले बन्दाबन्दी खुकुलो पार्नेसम्बन्धी आधिकारिक निर्णय सार्वजनिक नगरे पनि आइतबार विभिन्न कामका लागि स्वतःस्फूर्त रूपमा घर बाहिर निस्कने सर्वसाधारणको चहलपहल देखियो ।

गृह मन्त्रालयले बन्दाबन्दी खुकुलो पार्ने सम्बन्धमा कुनै निर्णय भइनसकेको अवस्थामा सर्वसाधारण आफूखुसी सडकमा निस्कँदा कोरोनाको जोखिम बढ्दै जाने चेतावनी दिएको छ । गृह प्रवक्ता केदारनाथ शर्माले यस विषयमा निर्णय भइसकेको छैन, सङ्क्रमण बढ्न सक्छ भन्नुभयो । काठमाडौँ उपत्यकाको सडकमा यातायातका सवारी साधनको बाक्लो चाप देखिन्थ्यो । सार्वजनिकभन्दा निजी सवारी साधनमा कार, मोटरसाइकल र ट्याक्सीलगायतका सवारी साधन प्रशस्त मात्रामा चलेका छन् ।

अन्य दिनको तुलनामा सडकमा पैदल हिँडेर गन्तव्य जाँदै गरेका सर्वसाधारण तथा बन्दाबन्दीको उकुसमुकुसबाट घर बाहिर निस्कनेको चाप बाक्लै देखिन्थ्यो । विभिन्न बैङ्कमा ग्राहकको बाक्लो भीड नै लागेको थियो ।

न्युरोड धर्मपथस्थित नेपाल बैङ्क लिमिटेडको मुख्यालयमा सेवाग्राहीको भीड लाग्दा मुख्य प्रवेशद्वारमा नै सेवाग्राहीलाई रोक्नु परेको सो बैङ्कले जनाएको छ । त्यस्तै, अन्य वाणिज्य बैङ्कमा पनि ग्राहकको भीड लागेको छ । असन–इन्द्रचोक बजार हल्का खुले पनि बढी भीडभाड हुने विशाल बजार, सुरज अर्किड, सिभिल मल, काठमाडौँ मल र दरबारमार्गलगायतका बजार तथा पसलहरू भने खुलेका छैनन् । कोरोना सङ्क्रमणको जोखिम प्रतिदिन बढ्दै गएकाले व्यापारी नै पनि पसल खोल्न डराएको भनाइ सुरक्षा अधिकारीको छ । न्युरोड क्षेत्रका केही सुनचाँदी पसल भने खुलेका छन् । सुनचाँदी पसल खुलेसँगै मूल्यसमेत सार्वजनिक भएको छ । बन्दाबन्दी भएपछि पहिलो पटक सुनचाँदीको औपचारिक मूल्य सार्वजनिक भएको छ ।

नेपाल प्रहरीले पनि अन्य दिनको तुलनामा आइतबार काठमाडौँ उपत्यकामा सवारी साधनको चाप बाक्लो देखिएको जनाएको छ । विभिन्न स्थानमा खटिएका प्रहरीले अनावश्यक रूपमा यात्रा गरिरहेका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको बताएका छन् । विभिन्न बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, सेवाग्राही, सरकारी कर्मचारी, व्यापारी, उद्योग व्यवसायीका सवारी साधन गुडेका छन् । दिउँसो सवारी साधनको चाप बाक्लिएपछि ट्राफिक प्रहरीको सङ्ख्या पनि बढाइएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -