काठमाडौं, २२ जेठ २०७७ । नेपालमा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ३१९ जना पुरुष र १५ जना महिलामा संक्रमण देखिएको हो ।
आज थपिएका ३३४ सहित नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।
नेपालमा हालसम्म २९० जना उपचारपछि निको भएका छन्।
प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६५ जिल्लामा संक्रमण देखिएको छ।








































