काठमाडौँ, २० जेठ २०७७ । नेपाली कांग्रेसका सांसद एबम युबा नेता गगन थापाले २ महिना लकडाउनमा राखेर, लकडाउनकै अवधिको ५ दिनको समय दिएर कर तिर्न हुकुम भएको प्रति व्यंग्यात्मक टिप्पणी गरेका छन ।
सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिदै थापाले भनेका छन : अर्थमन्त्रीज्युले व्यवसाय कसरी चल्छ भन्ने किताबमा मात्र पढ्नु भएको भएर नै होला । २ महिना लकडाउनमा राखेर, लकडाउनकै अवधिको ५ दिनको समय दिएर कर तिर्न हुकुम भएको ?
अनि कर तिर्ने कार्यालयमा लाममा बस्दा चाहिँ कोरोना संक्रमणको डर नहुने रहेछ ! विद्वान मन्त्रीले भने पछी पत्याउनै पर्यो ! !










































