Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४०:२६ बिहान
- ADVERTISEMENT -

विभिन्न स्थानमा भएको झड्प हिंसात्मक रुप लिन थालेपनि अमेरिकी शहरहरुमा कर्फ्यु

प्रकाशित मिति: २०७७ जेठ १८, आइतबार

730
Shares

काठमाडौं, १८ जेठ २०७७ । जर्ज फ्लोयडको मृत्युपछि प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा भएको झड्प हिंसात्मक रुप लिन थालेपनि अमेरिकी शहरहरुमा कर्फ्यु लगाइएको छ ।

मिनियापोलिसमा अफ्रिकी मूलका अमेरिकी नागरिकको प्रहरी नियन्त्रणमा मृत्युपछि सुरु भएको विरोध प्रदर्शन देशब्यापी हिंसात्मक रुप लिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विभिन्न शहरमा प्रदर्शनकारीसँग झड्प हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्याँस र रबरको गोली प्रहार गरेका छन् । अमेरिकाको ३० शहरमा विरोध प्रदर्शन चर्किएको छ ।

सिकागोमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् । लस एन्जेल्समा प्रहरीको कारमा आगजनि गरिएको छ ।
वाशिंगटन डिसीस्थित व्हाइट हाउस अगाडि ठूलो भिड जमा भएर फ्लोयडलाई न्याय दिलाउन माँग गरेको छ । एटलान्टा, जर्जियास्थित दर्जनौं भवनमा क्षति पुर्याइएको छ ।

सर्वसाधारणको सम्पत्ती सुरक्षित राख्न प्रशासनले केही क्षेत्रमा संकटकाल घोषणा गरेको छ ।

मिनियापोलिस, न्युर्योक, मियामी, एटलान्टा र फिलाडेल्फियासहितको शहरमा हजारौं सर्वसाधारणले शान्तीपूर्ण रयाली निकालेका छन् । मिनियापोलिस, एटलान्टा, लास एन्जेल्स, फिलाडेल्फिया, पोर्टल्याण्ड र लुईस भिल्लोसहितका शहरमा कफर््यु लगाइएको बीबीसीले उल्लेख गरेको छ । यद्दपी प्रदर्शनकारीले कर्फ्युको अवज्ञा गर्दै सडकमा प्रदर्शनसँगै सम्पत्ती लुटपाटमा उत्रिएका छन् ।

मिन्नेसोटामा सर्यौको संख्यामा सैन्य प्रहरी तैनात गरिएको छ । घरेलु संकटकालमा अमेरिकी राष्ट्रपति वा प्रान्तीय गर्भनरको आदेशमा स्थितिलाई नियन्त्रणमा लिन सैन्य दस्ता परिचालन गरिने प्रावधान रहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार साँझ जर्ज फ्लोयडको निधनले अमेरिकीमा त्रास, आक्रोश र सम्वेदनाले भरिभराउ बनाएको टिप्प्णी गर्नुभएको छ । शान्ती चाहने सबै अमेरिकीसँग सहकार्य गर्न आफू सदैब उभिने ट्रम्पले एक टेलिभिजन सम्बोधनमा बताउनुभएको छ ।

मिनियापोलिसमा प्रहरीले गत् सोमबार अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडलाई निहत्था नियन्त्रणमा लिएको थियो । प्रहरीले हथकडी लगाएर भुँईमा लडाइएका फ्लोयडको घाँटीमा घुँडाले च्याप्दा च्याप्दै बेहोस बनाइएको थियो । ४५ वर्षीय फ्लोयडले पटक पटक आफूलाई श्वास लिन असहज भएको भन्दै मुक्त गर्न गर्नुभएको याचना प्रहरीले अस्वीकार गरेको भिडियो सार्वजनिक हुँदा विरोध सुरु भएको हो ।

घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिनलाई मंगलबार निलम्बन गरिएको छ । चौभिनमाथि व्यक्ति हत्याको आरोपसहितको मुद्दा दायर गरिएको छ । सोमबार प्रहरी अधिकारी चौभिन अदालतमा उपस्थित हुनेछन् ।
(एजेन्सीहरूकाे सहयाेगमा तयार गरिएकाे हाे)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -