Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४६:३७ बिहान
- ADVERTISEMENT -

विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा फर्काइने

प्रकाशित मिति: २०७७ जेठ १६, शुक्रबार

718
Shares

काठमाडौँ, १६ जेठ २०७७ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएको छ । श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, आफन्तको मृत्यु भई काजक्रियामा बस्नुपर्ने, स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ (कोरोना बाहेक) रहेकालाई प्राथमिकीकरण गरेर सरकारले ल्याउन लागेको हो ।

मन्त्रिपरिषद्को बैठकले यसअघि नै विदेशमा रहेका नागरिकलाई प्राथमिकताका आधारमा फिर्ता ल्याउने निर्णय गरेको थियो । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार, तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकिकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको हो । सरकारी सेवामा रहि तालिम वा अध्ययनका लागि विदेश गएकाले पनि सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाएर पर्नेछ ।

स्वदेश फर्कन चाहनेहरूको सम्पूर्ण विवरण प्राप्त भएपछि नेपाल वायुसेवा निगम वा नेपालका अन्य वायुसेवा निगमबाट नागरिकको उद्धार गरिने जनाइएको छ । उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव विडारीका अनुसार, नेपाल फर्कन चाहने नागरिकको विवरण पहिचान गरी परराष्ट्र मन्त्रालयले विवरण तयार पार्नेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धारको सम्पूर्ण व्यवस्था गर्नेछ । यस्तै, भारतबाट आफ्ना नागरिक ल्याउनसमेत समितिले निश्चित नाकाहरू तोकेको छ । सचिव विडारीका अनुसार, पशुपतिनगर, काँकडभित्ता, रानी, ठाडी, माडर, मलङ्गवा, गौर, विरगञ्ज, सुनौली, महेशपुर, बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाट र दार्चुलाका नाकाहरू तोेकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -