काठमाडौं, १५ जेठ २०७७ । विनायक सिद्ध कलेज स्वास्थ्य बिमा गर्ने पहिलो शैक्षिक संस्था बनेको छ । शिक्षक तथा कर्मचारीहरूलाई “काेराेना बिशेष स्वास्थ्य बिमा” गरिदिएको छ । शिक्षण पेशागत शिक्षक तथा कर्मचारीहरू काम बिहिन बनेका छन् । मुलुक यतिबेला काेराेना भाइरसका कारण आक्रान्त बनेको छ । सम्पूर्ण शैक्षिक संघ-सस्थाहरू प्राय बन्द अवस्थामा छन् ।
हजारौं विद्यार्थीहरूकाे पठनपाठनमा समस्या आएकाे छ। विद्यार्थीहरूकाे परीक्षा समेत अन्याेलमा परेकाे छ।यति बेला विनायक सिद्ध कलेज (VS-college) चाबहिलले भने आफ्नो संस्थामा कक्षा ११ देखि स्नातक तहसम्म कार्यरत शिक्षक तथा कर्मचारीहरूकाे “काेराेना बिशेष स्वास्थ्य बिमा” गरिदिएकाे छ ।

कलेजले एक लाख बराबरको ६५ जना शिक्षक तथा कर्मचारीहरूकाे बिमा गरेकाे छ। कलेजले IME जनरल इन्स्योरेन्स सेवा मार्फत बिमा गरेको कलेजका प्रिन्सिपल राम कृष्ण सिंखडाले बताउनु भएकाे छ । यस्ताे महामारीको बेला शिक्षक तथा कर्मचारीहरूकाे स्वास्थ्य अवस्थालाई मध्येनजर गरेर कलेजले बिमा गर्नु पहिलो जिम्मेवारी भएकाले बिमा गरेकाे प्रिन्सिपलले बताउनु भयाे । शैक्षिक संस्थाले शिक्षक तथा कर्मचारीहरूकाे तर्फबाट यति ठूलो संङ्ख्यामा स्वास्थ्य बिमा गरेकाे संभवत पहिलाे हाे ।
त्यसमा पनि अहिले काेराेनाकाे महामारी चलिरहेको बेला स्वास्थ्य क्षेत्रमा यसरी आफ्ना शिक्षक तथा कर्मचारीहरूकाे आपतकालीन स्वास्थ्य बिमा गर्नेमा विनायक सिद्व कलेज पहिलो बनेकाे छ । समय समयमा विनायक कलेजले विभिन्न खाले गतिविधिहरू गर्दै आएकाे छ ।
नेपाल टेलिभिजनबाट प्रसारितहुने छमछमीका उत्कृष्ट दस मध्यमा पर्न सफल सहभागी विद्यार्थी उत्पादन गर्ने देखि अन्य कलाकार सम्म कलेजले उत्पादन गरेकाे प्रिन्सिपल सिंखडाले बताउनु भयो । विनायक सिद्ध कलेजले गरेकाे सामाजिक कार्यबाट नेपालका अन्य शैक्षिक संस्थाहरूले पनि ध्यान दिन जरुरी छ ।








































