Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३२:३१ बिहान
- ADVERTISEMENT -

अद्यावधिक नक्सा तत्कालै पाठ्यपुस्तकमा

प्रकाशित मिति: २०७७ जेठ १२, सोमबार

708
Shares

काठमाडौँ, १२ जेठ २०७७ । लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सरकारले हालै सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले यसै शैक्षिक सत्रदेखि आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन् ।

नयाँ कक्षा सुरु भएको दिन सबै विद्यार्थीलाई नेपालको नयाँ नक्सा पु¥याउने गरी गृहकार्य थालिएको छ । यस शैक्षिक सत्रका लागि अधिकांश पुस्तकको छपाइ प्रक्रिया करिब सकिएको छ तर जनक शिक्षा सामग्री केन्द्रका महाप्रबन्धक महेश तिमिल्सिनाले विभिन्न विकल्प प्रयोग गरेर नक्सा पुस्तकमा समेटिने बताउनुभयो  । पाठ्यक्रम विकास केन्द्रको लिखित अनुमतिपछि मात्र जनक शिक्षाले नयाँ नक्साको छपाइ गर्न पाउने कानुनी प्रावधान छ ।

पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले यसबारे आधिकारिक निर्देशन आउन बाँकी रहेको जानकारी दिनुभयो । निर्देशन आएमा विद्यार्थीलाई नयाँ नक्सा उपलब्ध गराउने योजना भने पूरा गर्न सकिने उहाँले बताउनुभयो ।

प्राप्त जानकारी अनुसार छपाइ हुन बाँकी पुस्तकको हकमा नयाँ स्वीकृति दिन सकिने छ । छपाइ भएर विद्यार्थीको हातमा पुगिसकेको पुस्तकको हकमा भने विद्यालयलाई जानकारी गराएर विद्यार्थीलाई नयाँ नक्सा उपलब्ध गराई पढ्न प्रेरित गरिनेछ । यसमा प्रविधिको प्रयोग गरेर शिक्षकलाई जानकारी गराउने योजना पनि अगाडि सारिएको छ ।

विद्यालय तहसम्म नेपालको नयाँ नक्सा मात्रै अलगै छपाइ गरेर पनि पु¥याउन सकिने भट्टराईको भनाइ छ । केन्द्रका प्रवक्ता भट्टराईले छापिएका तर विद्यार्थीको हातमा पुग्न बाँकी रहेका पुस्तकको हकमा भने सबैभन्दा पछिल्लो पातोमा नक्सा टाँस गरेर पनि विद्यार्थीलाई उपलब्ध गराउन सकिने बताउनुभयो । जनक शिक्षाका महाप्रबन्धक तिमिल्सिनाले हालसम्म केन्द्रबाट प्रकाशित भएर क्षेत्रीय कार्यालय तथा डिलरसम्म पुगेका झन्डै २५ प्रतिशत पुस्तक मात्रै बिकेको जानकारी दिनुभयो । छपाइका लागि नयाँ अनुमति आउन समय लागेको अवस्थामा नक्सा मात्रै अलगै छपाइ गरेर पनि देशभरका विद्यार्थीको हातमा पु¥याउने योजनामा आफूहरू रहेको उहाँले बताउनुभयो ।

सरकारले नयाँ भूभाग समेटेर जारी गरेको नयाँ नक्सा विद्यार्थीले तुरुन्त पढ्न र हेर्न पाउनुपर्छ भन्नेमा आफूहरू सजग रहेको उहाँको भनाइ छ । देशभर एक हजार एक सय जति डिलर रहेका कारण नयाँ नक्सा विद्यार्थीको हातमा पु¥याउन कुनै समस्या नभएको महाप्रबन्धक तिमिल्सिनाले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -