काठमाडौं, १० जेठ २०७७ । नेपालमा आज (शनिबार) थप ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारी अनुसार बैतडीमा, झापामा, बाँके र बर्दियामा नयाँ संक्रमित देखिएको हो।








































