Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०५:१९ बिहान
- ADVERTISEMENT -

अत्यावश्यक सेवामा भेटेरीनरी सेवालाई राख्न सर्वोच्चको आदेश

प्रकाशित मिति: २०७७ जेठ १०, शनिबार

605
Shares

काठमाडौँ, १० जेठ २०७७ । भेटेरीनरी सेवालाई अत्यावश्यक सेवामा राख्न सर्वोच्चको आदेश गरेको छ । सर्वोच्च अदालतले भेटेरीनरी सेवालाई अत्यावश्यक सेवाको सूचीमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले बिहीबार जारी गरेको आदेश शुक्रवार सार्वजनिक गर्दै सरकारले लकडाउनको समयमा भेटेरीनरी सेवालाई अत्यावश्यक सेवामा राख्न अन्तरिम आदेश जारी भएको जानकारी दिइएको छ ।

‘हालसम्म आवश्यक सेवाको सूचीमा भेटेरीनरी सेवालाई समावेश गरेको नदेखिएकाले लकडाउनको समयमा पनि पशु स्वास्थ्य प्रयोगशालाको सञ्चालनका लागि भेटेरीनरी सेवालाई आवश्यक सेवाको सूचीमा राख्न आवश्यक व्यवस्था मिलाउनु ’आदेशमा भनिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गृह मन्त्रालयमा पत्र पठाइसकेको भएता पनि हालसम्म भेटेरीनरी सेवालाई अत्यावश्यक सेवामा नराखेको हुँदा राख्नका लागि आदेशमा भनिएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले गरेको लकडाउनका समयमा भेटेरीनरी सेवालाई अत्यावश्यक सेवामा राख्न माग गर्दै नेपाल भेटेरीनरी एसोसिएसनका तर्फबाट अध्यक्ष डा शितलकाजी श्रेष्ठले गत वैशाख २८ गते रिट निवेदन दायर गर्नु भएको थियो । सोही निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै पशुलाई पनि बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न आदेश जारी गरिएको हो ।

रिट निवेदनमा पशुले रोग र पीडाबाट पाउनुपर्ने मुक्तिको सुनिश्चितता पनि लकडाउनको अवस्थामा गर्न नसकिएको र पौष्टिक भोजन तथा स्वास्थ्यको दृष्टिकोणबाट पनि पशुपालन व्यवसायलाई हेर्नुपर्ने उल्लेख गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -