न्यूयोर्क,अमेरिका, ८ जेठ २०७७। गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले फाउण्डेशनको कार्यालय न्यूयोर्क अगाडी बुधबार १ सय ५० जनालाई नि:शुल्क तरकारी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
फाउण्डेसनका अध्यक्ष एवं सामाजिक अभियन्ता सोमनाथ घिमिरेले कोरोना भाइरसले सिङ्गो मानव सभ्यतालाई नै चुनौती दिई रहेको वर्तमान दु:खद समयमा न्यूयोर्कमा रहेका १ सय ५० जना नागरिकहरुलाई नि:शुल्क रुपमा तरकारी(गोलभेडा) वितरण गरेको बताएका छन् ।
सनिसाईड साईन्स संस्थाकी कार्यकारी निर्देशक जेमि-फाए बिइनले फाउण्डेसनलाई ३० बाकस गोलभेडा(टमाटर) सहयोग स्वरुप प्रदान गरेको थियो । सो कार्यक्रममा युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका-न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राईलाई गिरिजाप्रसाद फाउण्डेसन अमेरिका अध्यक्ष तथा सामाजिक अभियन्ता सोमनाथ घिमिरेले २ बाकस टमाटर हस्तान्तरण गरेका थिए।
उक्त कार्यक्रममा फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामा,कोषाध्यक्ष ब्रेन्दा राई,केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्यद्वय प्रेम पौडेल,सुर्य सिम्खडा, यु.एन.आई ग्लोबल युनियन नेपालकी प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त,नेविसंघ अमेरिकाका निवर्तमान संयोजक प्रभात सापकोटा,नेपाली काँग्रेसका नेता रामबहादुर के.सी.,नेविसंघ पूर्व केन्द्रीय सदस्य ज्ञानल थापा लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।








































