Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५८:४३ बिहान
- ADVERTISEMENT -

पत्रकारिताका मूल्य र मान्यता विरोधी गतिविधि हुने गरेकोप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

प्रकाशित मिति: २०७७ जेठ ५, सोमबार

839
Shares

काठमाडौँ, ५ जेठ २०७७ । प्रेसको नाममा परिचयपत्र बनाई पत्रकारिताका मूल्य र मान्यता विरोधी गतिविधि हुने गरेकोप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण जनाएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस संक्रमण (कोभिड-१९) का कारण उत्पन्न बन्दाबन्दीको वर्तमान समयमा स्वघोषित पत्रकार हुँ भन्दै प्रेस लेखेर सवारी साधन प्रयोग गर्ने, ज्याकेट धारण गर्ने तथा प्रेसको नाममा परिचयपत्र बनाई पत्रकारिताका मूल्य र मान्यता विरोधी गतिविधि हुने गरेकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

गैरपेशागत आचरणप्रति प्रेस काउन्सिलको पछिल्लो धारणा पत्र जारी गर्दै केही दिन पहिला ‘पत्रकारिता’ को आवरणमा हातहतियार ओसारपसार गर्ने, नागरिक तथा फिल्डमा खटिएका राष्ट्रसेवक कर्मचारीहरुप्रति दुव्र्यवहार तथा खानतलासी र केरकार गर्ने एवं कतै पनि जवाफदेही हुनुनपर्ने युट्युब, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालका टुल्सहरुमार्फत् अफवाहपूर्ण प्रचारप्रसार गर्नेजस्ता कार्यहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताअन्तर्गत नपर्ने प्रेस काउन्सिलले ठहर गरेको छ ।

काउन्सिलले विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रता लगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, सम्बद्र्धन र प्रचलनका पक्षमा अडिग रहँदै पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित, जवाफदेही एवम् उत्तरदायी बनाउन पत्रकार आचारसंहिता निर्माण गरी त्यसको कार्यान्वयन र निरन्तर अनुगमन गरिरहेको प्रेस काउन्सिल जनाएको छ । यस सन्दर्भमा पत्रकारिताको मूल्य, मान्यता र आधिकारिकतासँग गाँसिएका पेशागत गतिविधिबाहेक अन्य खालका क्रियाकलापहरु पत्रकारिताको परिभाषाभित्र नपर्ने काउन्सिलले स्वतः स्पष्ट पारेको छ ।

कोरोना संक्रमणका कारण उत्पन्न आजको जटिल परिस्थितिमा सबैखालका सञ्चारमाध्यमलाई पत्रकार आचारसंहिता र कोरोना भाइरस संक्रमणका सम्वन्धमा आम सञ्चारमाध्यम र पत्रकारका लागि जारी निर्देशिका पालनाप्रति पुनः आग्रह गर्दै पत्रकारिता जस्तो पवित्र पेशाको आवरणभित्र अन्य खालका गतिविधि नगर्न, नगराउन सरोकारवाला सबै पक्षसंग प्रेस काउन्सिल नेपालले सबैमा अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -