काठमाडौँ, ३ जेठ २०७७ । काभ्रेको धुलिखेल अस्पतालको आइसोलेसनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्राविसे घर भएकी ति महिलाको शुक्रबार साँझ उपचारका क्रममा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार मृत्यु हुने सुत्केरी हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा आठ दिनअघि डेलिभरी भएको थियो । अस्पतालबाट घर गएको उनी श्वासप्रश्वासमा समस्या आएपछि बिहीबार धुलिखेल अस्पताल भर्ना भएकी थिइन् ।
उनको धुलिखेल अस्पतालको प्रयोशालामा पीसीआर र आरडीटी दुवै परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आए पछि पुन : परिक्षणको लागी स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको धुलिखेल अस्पतालले बताएको छ ।
अस्पताल स्रोतका अनुसार शुक्रवार निधन भएकी ति महिलाको मुत्यु कोरोना कै कारण भएको हो वा अन्य बाट भन्ने पुष्टि भने स्वास्थ्य मन्त्रालयले गर्ने बताएको छ ।
अहिले धुलिखेल अस्पताल सिल गरिएको छ । अस्पतालका सबै स्वास्थ्यकर्मिहरुको स्वाब संकलन गरेर कोरोना परीक्षणको लागि टेकु पठाइएको छ।








































