Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
८:३९:३८ राति
- ADVERTISEMENT -

संस्मरणात्मक कृति ‘गोर्खा गन्स’ प्रकाशित

प्रकाशित मिति: २०७७ वैशाख ३०, मंगलबार

877
Shares

काठमाडौँ, ३० बैशाख २०७७ । साहित्यकार तथा युद्धसाहित्यका एक अभियन्ता गणेश राईको फोकल्यान्ड युद्धसम्बन्धि संस्मरणात्मक कृति ‘गोर्खा गन्स’ बेलायतबाट प्रकाशित भएको छ ।

अवकाशप्राप्त ब्रिटिस–गोेर्खा सैनिक राईको उक्त कृति बेलायतको प्रतिष्ठित प्रकाशनगृह ‘द कनराड’ प्रेसबाट हालै प्रकाशित भएको हो ।

‘राईफलले फलाकेको जिन्दगी’ कविता सङ्ग्रहका साथै ‘राईफलको नालबाट जीवन नियाल्दा,’ ‘युद्ध एम्बुसमा राईफलको संगीत’, ‘राईफलको मूच्र्छना’ र ‘फोकल्यान्ड जर्नल’ जस्ता आख्यानात्मक कृतिका स्रष्टा राईको ‘गोर्खा गन्स’ उहाको ‘फोकल्यान्ड जर्नल’को अङ्ग्रेजी अनुवाद हो ।

कवि, समालोचक तथा अनुवादक सुरेश हाचेकालीद्वारा अनूदित ‘गोर्खा गन्स’मा फोकल्यान्ड युद्धको यथार्थ चित्रण गरिएको छ । उक्त कृतिबाट गोर्खालीहरूको सौर्य, बहादुरी, त्याग र बलिदानको सत्यतथ्य इतिहासको पुनर्लेखन गर्नमा महत्वपूर्ण मद्दत पुग्ने देखिन्छ । साथै, फोकल्यान्ड युद्धका बेला गोर्खाली सैनिकहरूमाथि थोपरिएका अनेक खाले भ्रामक अफवाहहरूको निर्मलीकरण गर्नमा समेत उक्त कृति सफल रहेको छ ।

फोकल्यान्ड युद्धका बारेमा अंग्रेजी लेखकका अनेकौँ पुस्तकहरू प्रकाशित भएका छन् । तर, स्वयं फोकल्यान्ड युद्ध लडेका गोर्खा सैनिक राईद्वारा लेखिएको उक्त कृतिले फोकल्यान्ड युद्ध र सो युद्धमा गोर्खालीहरूले निर्वाह गरेका भूमिकाका बारेमा ओझेलमा पारिएका सत्यहरूको उत्खनन् गरेको छ ।

प्रसिद्ध बेलायती अभिनेत्री जोअना लुम्लेले उक्त कृतिलाई ‘एउटा युवा गोर्खा सैनिकको मष्तिस्कमा फोकल्यान्ड युद्धका समयमा चित्रित अमूल्य झलक र सैनिकहरूको साधारण तर हृदयविदारक कथा’ भनेकी छिन् ।

एक सय ७६ पृष्ठको उक्त कृति बेलायतका सबै पुस्तक पसलका साथै वाटरस्टोन्स, बुक डिपोजिटरी र अमाजन आदिमा उपलब्ध छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -