Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४८:०० बिहान
- ADVERTISEMENT -

सीमा मिचिएको लिपुलेक क्षेत्रमा सशस्त्र प्रहरी बल जाँदै

प्रकाशित मिति: २०७७ वैशाख २९, सोमबार

802
Shares

काठमाडौं, २९ बैशाख २०७७ । सीमा मिचिएको लिपुलेक क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको टोली जाने भएको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

भारतसँग सीमा जोडिएका क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलको सक्रियताले कोरोना संक्रमित नेपाल प्रवेश गर्न सकिरहेको छैन । सीमा क्षेत्रमा अहिले १२ सय १३ पोष्ट राखिएका छन् ।

नेपालको भूमि हुँदै लिपुलेक क्षेत्रमा भारतले बाटो बनाएर उद्घाटन गरेपछि सशस्त्र प्रहरी बल त्यस क्षेत्रमा परिचालन गर्न लागिएको सशस्त्र प्रहरी बल उच्च स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरी बल अहिले तराई क्षेत्रको सीमा क्षेत्रमा मात्र तैनाथ छ । अब लिपुलेक क्षेत्रमा पनि सशस्त्र प्रहरीको बीओपी तत्काल खडा गर्ने तयारी छ ।

सो क्षेत्रमा तत्काल बस्नका लागि घर नपाउने समस्या रहेको भन्दै घर खोज्दै तत्काल पालमा बसेर भए पनि सीमा रक्षाका लागि सशस्त्र खटाउने तयारीमा जुटेको छ ।

लिपुलेक क्षेत्रमा थिचोमिचो भइरहेको जानकारी यसअघि पनि आइरहँदा सरकारले बेवास्ता गर्दा सडक नै बनाएको छ । सशस्त्र प्रहरीलाई परिचालन गरी तत्काल सीमा क्षेत्रमा हुने गतिविधि नियन्त्रणका लागि काम गर्ने सशस्त्रको तयारी छ ।

अहिले सशस्त्र प्रहरी बल छ्याम्ब्रुमा रहने छ । सीमा क्षेत्रबाट सो एरिया १० किलोमिटर वर पर्छ । छ्याम्ब्रुभन्दा उता बस्ती पनि छैन । तत्काल बस्ने ठाउँको अभावका कारण छ्याम्ब्रुमा सशस्त्रको बीओपी खडा गरिनेछ । ‘अहिले घर भाडामा लिएर भए पनि राख्ने भन्ने योजना बनेको छ’ सशस्त्र प्रहरी बल उच्च स्रोत भन्यो ।

तत्कालका लागि प्लाटुन लेबलको सशस्त्र प्रहरी परिचालित हुनेछ । बस्ने ठाउँको राम्रो बन्दोबस्त गर्न सकियो भने सशस्त्र प्रहरीले गण नै खडा गर्ने तयारी समेत छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -