गोरखा, २७ बैशाख २०७७ ।गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ६ सुकेडाँडा भन्ने ठाउँमा ट्रक दुर्घटना भएको छ ।
गोरखाबाट आज बिहान खाद्यान्न लिएर गण्डकी गाउँपालिकाको मकैसिंङ जाँदै गरेको ग १ ख ४४३३ नम्बरको ट्रक सडक बाट २० मिटर तल खसेको प्रत्यक्षदर्शी स्थानीय मदन पन्तले बताउनु भयो । उक्त ट्रक दुर्घटनामा चालक बिकास बि क घाईते भएका छन् ।
ट्रकमा सवार अन्य दुई जना भने शकुसल रहेका छन् । उनलाई उपचारका लागि गोरखा अस्पताल लगिएको छ ।








































