Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
७:०६:११ बिहान
- ADVERTISEMENT -

स्वदेश फर्कन चाहनेका लागि उचित कदम चाल्न आग्रह

प्रकाशित मिति: २०७७ वैशाख २७, शनिबार

564
Shares

काठमाडौँ, २७ बैशाख २०७७ । राष्ट्रिय सभाको शुुक्रबारको बैठकमा दलीय आधारमा बोल्दै संसदीय दलका नेताहरूले भारतलगायत अन्य मुलुकबाट स्वदेश फर्कन चाहेका नेपाली नागरिकलाई जति सक्दो छिटो ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता दिनानाथ शर्माले भारतको सीमा क्षेत्रमा रहेका र अन्य मुलुकमा रहेका नेपालीका लागि उचित कदम चाल्न सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो । अहिलेको अधिवेशन नीति तथा कार्यक्रममा र बजेटमा केन्द्रित हुने स्पष्ट पार्नुुभयो ।

उहाँले विश्वभर फैलिएको कोरोना महामारीका कारण विदेशमा श्रम गर्न गएका युवा रोजगारी गुमाएर नेपाल फर्कने भएकाले ती युवालाई लक्षित गरी बजेट र नीति तथा कार्यक्रम ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले विदेशबाट फर्कने युवालाई सम्बोधन गर्ने गरी सरकारले समयमै उचित कदम चाल्न पनि ध्यानाकर्षण गराउनुभयो । यसैगरी, उहाँले नेपालमा कोरोना महामारी ठूलो रूपमा फैलन नपाएको अवस्थाको चित्रण गर्दै सरकारको प्रशंसा गर्नुभयो ।

नेपाली काँग्रेसबाट संसदीय दलका नेता राधेश्याम अधिकारीले भारत र अन्य मुलुकबाट स्वदेश फर्कन चाहिरहेका नेपाली नागरिकलाई व्यवस्थित रूपमा नेपाल ल्याउन सरकारसँग माग गर्नुभयो । कोरोना परीक्षणका लागि आवश्यक स्वास्थ्य सामग्री अभाव भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रतिकूल अवस्थामा औषधिलगायत आवश्यक सामग्री छिटो उपलब्ध गराइयोस् । ”

जनता समाजवादी पार्टी नेपालका नेता प्रमिला कुमारीले कोरोना महामारी रोकथामका लागि धेरै देशले नयाँ कानुन बनाएको सन्दर्भ जोड्दै नेपाल सरकारले कानुन बनाउनुपर्ने धारणा व्यक्त गर्नुुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -