Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
३:४९:४५ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस नुवाकोट र यशोदादेवी भगवानसिंह ट्रस्टद्धारा २ नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

प्रकाशित मिति: २०७७ वैशाख २६, शुक्रबार

927
Shares

नुवाकोट, २६ बैशाख २०७७ । नेपाली कांग्रेस नुवाकोट र यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोटको दुई नगरपालिकालाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

आज शुक्रबार नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् ट्रष्टका प्रमुख संरक्षक अर्जुन नरसिंह केसीले बिदुर नगरपालिका प्रमुख सञ्जु पण्डित र बेलकोटगढी नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष अनन्तराम नेपाल र वडा नम्वर ७ का वडा अध्यक्ष हेमनिधि नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि ज्वरो नाप्ने डिजिटल थर्मोगन, मास्क र स्यानिटाइजर बितरण गरेको नेपाली कांग्रेस नुवाकोटका सभापति एवम् ट्रस्टका महासचिब जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो । दुबै नगरपालिकालाई १ हजारको दरले मास्क र २ थान थर्मोगन बितरण गरिएको उहाले बताउनुभएको छ ।

बेलकोटगढी नगरपालिका कोल्पुटारमा स्वास्थ्य सामाग्री बितरण कार्यक्रम

स्वास्थ्य सामाग्री बितरण कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् ट्रष्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीले कोरोना भाइरस बिरुद्धको लडाइमा सबै पक्षको सक्रिय सहभागीता हुनुपर्ने बताउनुभएको छ । साथै, उहाले बिपदको यो समयमा सबै नागरिकलाई आवश्यकताको आधारमा समान रुपले राहत बितरण गर्न आग्रह नगरपालिकालाई गर्नुभएको छ । यस्तै, स्वास्थ्य सामाग्री ग्रहण गर्नुहुदै बिदुर नगरपालिका प्रमुख सञ्जु पण्डितले उपलब्ध भएको सामग्रीले कोरोना संक्रमण बिरुद्धको अभियान थप प्रभावकारी बन्ने बताउनुभएको छ ।

बिदुरमा आयोजित कार्यक्रममा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसी, बिदुर नगरपालिका उपप्रमुख गिताकुमारी दाहाल, वडा नम्बर २ का अध्यक्ष बिरेन्द्र कुमार शाही, ३ का अध्यक्ष बद्री रिमाल, १० का अध्यक्ष गणेशकुमार नेपाल, नेपाली कांग्रेस बिदुर नगर सभापति नेत्र ढकाल लगायतको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस नुवाकोट र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टले यस अघि पनि १० वटै गाउँपालिकालाई स्वास्थ्य सामाग्री, कृषकको लागि मास्क, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पि।पि।ई, एम्बुलेन्स चालकलाई पीपीई लगायत स्वास्थ्य सामाग्री बितरण गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -