Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४५:१० बिहान
- ADVERTISEMENT -

स्वरुप परिवर्तन गरेर लकडाउन लम्ब्याउने सरकारको तयारी

प्रकाशित मिति: २०७७ वैशाख २१, आइतबार

717
Shares

काठमाडौं, २१ बैशाख २०७७ । कोरोना भाइरस (कोभिड–१९ ) रोकथामको लागी सरकारले लगाएको लकडाउन वैशाख २५ गते पछि स्वरुप बदलिने भएको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समयावधि थप्ने तर स्वरुप भने बदल्नेबारे आवश्यक रणनीति तयार पार्ने निर्णय गरेको छ ।

कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो रणनीति तयार पार्न लागेको हो ।

विश्वभरमा कोरोनाको संक्रमण फैलने क्रम जारी रहेकोले थप जोखिम बढ्न नदिन मन्त्रिपरिषद्ले तत्काललाई अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान भने नखोल्ने भएको छ । तर, कोरोना नियन्त्रण तथा रोकथाम गर्न गठित उच्चस्तरीय समन्वय समितिले कुनै निर्णय सरकारलाई कुनै पनि सिफारिस नगरेका कारण निर्णय भने हुन बाँकी छ ।

स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई कोरोना संक्रमणको अवस्था हेरेर गाढा रातो, रातो, पहेंलो र हरियोसहित चार जोन बनाउने भएको छ । कोरोनाको भाइरसको जोखिमको आधारमा गाढा रातो, रातो, पहेंलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यसैको आधारमा क्रमश अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्याउन लागिएको हो ।

हरियो जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने छ भने संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -