गोरखा २१ बैशाख २०७७ । वुद्धजयन्ती भव्यताका साथ नमनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।
आज एक सुचना जारी गर्दै प्रशासनले यही बैशाख २५ गते परेको वुद्ध धर्मावलम्बीहरुको ठूलो पर्व वुद्धजयन्ती भव्यताका साथ नमनाउन आग्रह गरेको हो ।
कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भएकाले भेला, जमघट भएर वुद्धजयन्ती, चण्डीपुर्ने नमनाउन आग्रह गरेको हो । आग्रह उल्लंघन गर्ने कार्य गरेको वा गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।








































