Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२१:३५ दिउँसो
- ADVERTISEMENT -

नायब निरीक्षकलाई गोरखाका युवाहरूले बाटोबाटै फर्काए

प्रकाशित मिति: २०७७ वैशाख ४, बिहीबार

651
Shares

काठमाडौँ, ४ बैशाख २०७७ । काठमाडौंबाट लकडाउन छल्दै गोरखा पुगेका नेपाल प्रहरीका एक जना नायब निरीक्षकलाई गोरखाका युवाहरूले बाटोबाटै फर्काइदिएका छन् ।

ड्रेसमै बा २१ च १२६१ नम्बरको स्कारपियो लिएर बिहीबार बिहान गोरखा पुगेका सई पिके यादवलाई बाह्रकिलोबाट फर्काइएको हो ।

स्थानीय युवा अनिल कुँवरका अनुसार अत्यावश्यक भन्दै अनावश्यक रूपमा सवारी साधन लिएर आउजाउ गर्ने क्रम बढेपछि युवाहरूले नै पास छ कि छैन चेकजाँच गर्ने क्रममा सई यादवसँग पास नभएको खुलेको हो ।

‘हामीले पास मागेको उहाँले छैन भन्नुभयो । सईसावले प्रहरीको पोशाक भने लगाउनु भएको थियो,’ कुँवरले भने, ‘जिल्लाको एसपीले युनिफर्ममा आएको भए छाडिदिन भन्नुभएको थियो हामीले मानेनौं।’

सई यादव काठमाडौंस्थित महानगरीय प्रहरी वृत्त कमलपोखरीमा कार्यरत रहेको खुलेको कुँवरले बताए ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले पास नभएका सईलाई बाटोबाटै आफूले फिर्ता पठाइदिएको जानकारी दिए ।

‘उहाँ अफिसियल्ली आएको भए मलाई जानकारी आउथ्यो तर जानकारी नै छैन,’ अधिकारीले भने, ‘पास नभेटिएपछि उहाँलाई काठमाडौं नै फिर्ता पठाइएको छ।’

उनले युवाहरूले भन्दा पनि आफूले नै सईलाई फिर्ता गरिदिएको दाबी गरे । तर युवाहरूले पासविनाका सवारीसाधनलाई बिहीबार बिहानैदेखि फिर्ता गरिदिएका छन् । उनीहरूले पोखराबाट आएको ट्याक्सी पनि फिर्ता गरिदिएका छन् ।

लकडाउनका बेला बाहिरी जिल्लाबाट गोरखा भित्रने र गोरखाबाट बाहिर जानेलाई कडाइ गरिएको छ। प्रहरीले कडाइसाथ निगरानी गर्न नसकेको भन्दै युवाहरूले सडकमै सवारी साधन चेकजाँच गरेका हुन । सेतोपाटीको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -